नेकपा एमाले जुम्लाको सिंगो जिल्ला समिति एकीकृत समाजवादीमा

  ।   १९ भाद्र २०७८, शनिबार ११:११

नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना मनोनित सदस्य बाहेक सबै एकीकृत समाजवादीमा लागेका छन । दुई जना मनोनित सदस्य मात्र नेकपा एमालेमा लागेका हुन । नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर सिंगो जिल्ला समिति नै समाजवादी पार्टीमा रहेको जनाएको हो । नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन । धिर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले निस्काशन गरिसकेको थियो । यो संगै युवासंघ नेपाल,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ,प्रध्यापक संघ,शिक्षक संगठन,निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादी तिरै रहेको जनाएको हो ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा,उपाध्यक्ष नन्दराम रोकाया,सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्र विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको बताए । सचिव न्यौपानेका अनुुसार जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए । उनले भने,‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन । केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा छन । ’


केन्द्र देखि जिल्ला सम्म केपी ओली गुटमा बा प्रबृति हावी भएको,गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको विजारोपण भएको उनले बताए । सांसद रोकायाले भने,‘यो पार्टी कुर्चीका लागि होइन । यो पार्टी हरेक अनैतिकताको विरुद्ध लड्ने जुझारु पार्टी बन्नेछ । ’
जुम्लामा एकीकृत समाजवादी नै संस्थापक भएको बताउँदै उनले ओली निकटको नेकपा एमाले विद्रोही पार्टीको रुपमा रहेको बताए ।अहिले संकटमा छौँ । पहिले एमाले पार्टीको विकास, विस्तार गर्ने पनि हामी नै हौँ । अहिले अर्को पार्टी गठन गर्नु परेको छ । यो केपीको अहंकारका कारणले हो । तर यो पार्टीलाई पनि जिल्लाको एक नम्बर पार्टी बनाएर छाड्ने छौँ । ’
उनले आफुल् २०७० र २०७४ सालको चुनावमा माधव कुमार नेपालको प्यानलबाट चुनाव लडेको बताए । पहिले माओबादी केन्द्र संग पार्टी एकता गर्नु केपी ओलीको ठुलो भुल थियो ।एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी संञ्चालनमा भएका समझदारी कार्यन्वयन इमान्दारीताका साथ कार्यन्वयन गर्नु पर्ने थियो । त्यो केपी ओलीले उलंघन गरे । हरेक बाडफाँडमा विभेद गर्न थाले । माधव नेपाल निकटलाई पेल्न थाले । विधि,पद्धति र प्रक्रिया मिच्न थाले । यो एकीकृत समाजबादी त्यसैको उपज हो,उनले भने ।
भाइ धेरै भएको घरमा भाइफुटनु स्वभाविक हो ।तर मेहनती भाइले फड्को मार्ने हो । एकीकृत समाजवादी महेनती भाइको रुपमा जन्मिएको छ । यसले छोटो समयमै प्रगति गर्ने छ । एक बर्ष भित्र एमाले भन्दा ठुलो पार्टी बनाउने हैसियत राख्नेमा दुइमत छैन, सांसद रोकायाले भने,‘एमालेमा नेतै नेता छन । एकआपसमा जुध्दै पार्टी ध्वस्त पार्छन । हाम्रोमा पदभन्दा पार्टी,विचार र सिदान्तलाई प्रमुख मान्ने ब्यक्तिको जमात छ । त्यही भएर एकीकृत समाजवादी जुम्लामा फड्को मार्छ । ’


उनले मन्त्रीको प्रलोभनमा सांसदहरु समाजवादीमा प्रवेश गर्न इच्छा जाहेर गरेको बताउँदै निस्वार्थ रुपमा आउन अपिल गरे । सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरे । तर पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने दाबी गरे ।
उनले कणर्ालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कव्जा गर्ने बताए । तत्कालिन नेकपा एमालेका सचिव तथा हालका नेकपा एकीकृत समाजवादीका नेता आदीप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै वाहुल्यता रहेको बताए । उनले थपे,‘ एमाले २५ प्रतिशत होला तर अव यो पनि घट्दैछ । ’ उनले आगामी चुनावमा माओवादी संग तालमेल गरेर भएपनि चुनाव जित्ने बताए । नेता न्यौपानेले भने,‘नेकपा एकीकृत समाजवादी विधिमा चल्ने पार्टी हुन्छ । एक बर्ष भित्र पार्टीको आफ्नै भवन हुनेछ । एमाले भन्दा ठुलो पार्टी बन्नेछ । त्यसैले एमाले तिर भएकासाथीहरुलाई आह्वान गर्छौँ । तपाइहरु एकीकृत समाजबादीमा आउनुहोस । नत्र पछि पछुताउनु पर्ला ।
उनले सुर्य चिन्हले कुनै फरक नपार्ने बताए । पार्टीको विचार,सिद्धान्त र व्यवहारले फरक पार्ने हो ।

उनले भने,‘सुर्य चिन्ह निर्जिव वस्तु हो । मुख्य कुरा विचार सिदान्त नै हो । जनता प्रतिको लगाव हो । ’केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी भएकोले एमाले कुनै पनि हालतमा फस्टाउन नसक्ने दावी नेकपा एकीकृत समाजवादी पार्टीको छ । सांसद रोकायाले पटक पटक छलफल,बहस, समिक्षा र आपसी समझदारी र सल्लाह बमोजिम अघि बढ्ने भएकोले एकीकृत समाजवादी जनताको रोजाइको पाटी बन्नेमा ठोकुवा गरे ।
नेकपा एमालेका कार्यवहाक अध्यक्ष एकीकृत समाजवादीका नेता नन्दराम रोकायाले ठिक समयमा ठिक निणर्य गरेको बताए । उनले भने,‘सुर्य चिन्हले खासै प्रभाव नपार्ने भएकोले प्रभावित नहुन कार्यकर्तालाई आग्रह गर्दछौँ । सुर्य चिन्ह एक निर्जिव वस्तु हो । हामी नयाँ तरिकाले अघि बढौँ । चिन्ह प्रमुख होइन । केही प्रभावशाली नेताका कारणसुर्य चिन्ह ब्राण्ड बनेको थियो । अब केपी बाले सुर्य चिन्हको अस्तित्व संकटमा परिरहेको छ । उनले भने,’पहिले एमाले बनाउने पनि हामी नै हो । अहिले समाजवादी पनि हामीले नै बनाउँछौँ । कार्यकर्तालाई बिचलित नहुँन निर्देशन गर्दछु । सुशासन,अनियमितता,अपारदर्शीताका विरुद्ध यो पार्टीले अभियान थाल्नेमा जोड दिए ।

Next Post

काँग्रेस वडाअधिवेशन : जुम्लाको एक्लो महिला वडा सभापतिमा सीता

१९ भाद्र २०७८, शनिबार ११:११
जुम्लाको तिला गाउँपालिका २ मा पहिलो पटक नेपाली काँग्रेसले महिला वडा सभापति बनाएको छ । शुक्रवार सम्पन्न वडाअधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ बर्षिया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन । सीता अहिले जुम्लाको ६० वटा वडाको एक मात्र महिला वडासभापति बनेकी हुन । सानै उमेरमा नेवि संघको राजनीतिमा […]