कर्णाली अस्पतालका बिरामीलाई फलफुल वितरण

  ।   २० भाद्र २०७८, आईतवार ०५:४८

कर्णाली अस्पतालका बिरामीलाई फलफुल वितरण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी यूनियनको १९ औँ स्थापना दिवशका अवसरमा बिरामीलाई फलफुल वितरण गरिएको हो ।
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बिरामीलाई फलफुल बाँड्दै स्वास्थ्यलाभको कामना गरेका थिए । कर्मचारी यूनियनका केन्द्रिय सदस्य चन्द्रबहादुर खड्काले विरामीलाई फलफुल दिएर स्वास्थ्य लाभको कामना गरिएको जानकारी दिए । प्रतिष्ठानमा उपचार गराइरहेका करिव एक सय जना विरामीलाई केरा,जुस लगायतको फलफुल बाँडिएको हो । फलफुल लिएर मन्त्री नै बिरामीको बेडमा पुगेपछि बिरामी र कुरुवा उत्साहित भएका थिए । उनीहरुले बिरामीलाई भेटेर फलफुल उपलब्ध गराएकोमा खुसी व्यक्त गरेका थिए ।
संविधानसभा सदस्य ललितजंग शाही,जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा लगायत निजामति कर्मचारी युनियनका कर्मचारीहरुको सहभागितामा थियो ।उर्जामन्त्री श्रेष्ठले बिरामीलाई फलफुल बाँडेर कर्मचारी युनियनले पुण्यको काम गरेको बताए । उनले संगठन कर्मचारीको हकहीत र अधिकारका लागि क्रियाशिल भएपनि समाजसेवालाई संगसंगै अघि बढाउनु पर्नेमा जोड दिए ।
युनियनका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले पेशागत सुरक्षा र हकहीतका लागि सरकार समक्ष वकालत र पैरवी गरिरहेको बताए । उनले भने,‘देशमा धेरै सरकार फेरिए । तर कर्मचारीका हितका लागि ठोस नीति बन्न सकेनन । ’

Next Post

काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकाँक्षी,दौडधुप शुरु

२० भाद्र २०७८, आईतवार ०५:४८
नेपाली काँग्रेस जुम्लाको जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकाँक्षी देखिएका छन । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेता संग लबिङलाई तीब्रता दिएका हुन । वडा,गाउँपालिका र प्रदेश क्षेत्र स्तरीय समितिमा आफ्नो पकड कायम राख्न लागि परेको काँग्रेसले जनाएको छ । यो पटकको अधिवेशनमा […]