होमआइसोलनमा कोरोना जित्दै जुम्लाबासी

  ।   २० माघ २०७८, बिहीबार १६:३४

जुम्ला,माघ २०।
कर्णालीमा कोरोनाको पहिलो लहरमा निकै त्रास थियो । कोरोना संक्रमण हुने बित्तिकै ज्यान लिन्छ भन्ने छाप बस्यो । गाउँगाउँमा त्रास फैलियो । घरदैलोमा जान प्रतिबन्ध गरियो । गाउँगाउँ जोड्ने पुलपुलेसामा पर्खाल तथा बार लगाइयो । तर पहिलो लहरको कोरोनाले जुम्लालाई खासै असर पारेन । कारण थियो,‘पहिलो लहरको कोरोनामा यहाँका स्थानीयतह र सरोकारवालाको उच्च सतर्कता थियो । ’
कोरोनाको दोस्रो लहरले जुम्लामा निकै असर पार्यो । २७ जनाको ज्यान गयो । स्थानीयतह कोरोना रोकथाम तथा नियन्त्रणमा खासै प्रभावकारी रुपमा लागेनन । फलस्वरुप कोरोना महामारी फैलियो । रोकथाम तथा नियन्त्रणमा निकै चुनौति देखियो । चुनौतिका बावजुद स्थानीय प्रशासनले गैरसरकारी संस्था संगको समन्वयमा गाउँगाउँमा स्वास्थ्य सामाग्री पुर्यायो ।
अहिलेको तेस्रो चरणको कोरोना लहरमा जुम्लाका १३१ जनामा कोरोना संक्रमण भएको छ । अधिकांस संक्रमित होमआइशोलेसनमै छन । स्वास्थ्य अवस्था जटिल भएका बिरामी मात्र अस्पतालमा पुगेर चिकित्सकको निगरानीमा आइशोलेसनमा बस्ने गरेका छन ।
तेस्रो लहरको कारोनामा खासै गम्भीर प्रकारका बिरामी नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । यो पटक नरम प्रकारको भाइरसको संक्रमण भएकोले खासै प्रभाव नपारेको स्वास्थ्यकर्मीहरु बताउँछन ।
यो पटक धेरै बिरामी घरमै सुरक्षित रुपमा बसेका छन । थोरै मात्र अस्पतालमा भर्ना भएका हुन । प्रतिष्ठानका आइशोलेसन विभाग प्रमुख सृजना महत अस्पतालमा पनि गम्भीर प्रकारका बिरामी नआएको बताउँछिन । उनले भनिन्,‘यस पटक अस्पतालमा भर्ना भएका विरामीहरुमा खासै गम्भीर प्रकारको संक्रमण छैन । समुदायमा भने व्यापक फैलिएको अनुमान रहेको छ । तर संक्रमणको प्रभाव परेको छैन । ’
कोरोना संक्रमणको अवस्था देखिएपनि गम्भीर खालका बिरामी नहुने भएकोले परिक्षणको दर पनि बढ्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार मंगलवार सम्म जुम्लामा जम्मा १३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन जना अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन् । मंगरबार सम्म गरिएको एन्टिजन परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण देखिएपछि १३१ जना संक्रमित भएका हुन् । यस मध्य ३८ जना निको भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार दैनिक कारोनाको अवस्था विश्लेषण गर्न थालिएको छ । यो पटकको भेरियन्टमा समुदायमा कोरोना भएपनि खासै कठिन अवस्थाका विरामी आएका छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुलाई भने अलिकति असर भई उपचार गर्न आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरुले पछिल्लो समय खोप अभियानलाई तीब्र पारेका छन । कोरोना परीक्षण गर्ने शंकास्पद व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण भईरहेको छ । पछिल्लो समय १२ देखी १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान शुरु भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आइशोलेसन वार्ड सञ्चालनमा ल्याइसकेको छ । त्यही अनुसारको जनशक्ति खटाएको छ । जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा छन ।
गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न,घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित रुपमा साबुनपानीले हातधुन र कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिन कोभिड १९ संकट व्यवस्थापन समितिले आग्रह गरेको छ ।

Next Post

हिउँले सेताम्य जुम्ला (फोटोसहित)

२० माघ २०७८, बिहीबार १६:३४
जुम्ला,माघ २१। बिहीबार देखि परेको हिमपातका कारण जुम्ला ढाकिएको छ । जुम्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन । जुम्ला हिउँले ढाकिएपछि जनजीवन निकै प्रभावित बनेको छ । बिहिवार विहान देखि एक्कासी बादल लागेर हिउँ पर्न थालेको थियो । सदरमुकाम आसपासमा झण्डै आधा फिट हिउँ जमेको […]