हिउँले सेताम्य जुम्ला (फोटोसहित)

  ।   २१ माघ २०७८, शुक्रबार १४:१३

जुम्ला,माघ २१।
बिहीबार देखि परेको हिमपातका कारण जुम्ला ढाकिएको छ । जुम्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन । जुम्ला हिउँले ढाकिएपछि जनजीवन निकै प्रभावित बनेको छ । बिहिवार विहान देखि एक्कासी बादल लागेर हिउँ पर्न थालेको थियो ।
सदरमुकाम आसपासमा झण्डै आधा फिट हिउँ जमेको छ । उच्च हिमाली भेगतिर दुई फिट सम्म हिउँ परेको स्थानीय बताउँछन । हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । चिसोका कारण जनजीवन निकै प्रभावित बनेको छ ।
हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाइ तथा सडक यातायात पुर्णरुपमा ठप्प हुँदा यात्रु मर्कामा परेका छन । यो हिउँले किसानलाई निकै फाईदा पुर्याएको छ । सरकारी तथा गैरसरकारी कार्यालय खुल्न सक्ने अवस्थामा छैनन । हिउँदे विदाको अवसर पारेर खुलेको ट्युसन तथा कोचिङ सेन्टर चल्न सकेका छैनन ।
हिमाली क्षेत्रमा रहेका बस्तीतिर गाइबस्तुलाई दानापानी गर्न पनि असहज भइरहेको छ । चिसोले बालबालिका देखि बुढाबुढी बढी प्रभावित छन । कर्णालीको हुम्ला,मुगु,जुम्ला,डोल्पा र कालिकोटको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
भारी हिमपात भइरहेकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले अपिल गरेको छ । तिला गाउँपालिका ९ का मोतिराम बुढा हिमपातले बालीनाली सप्रिने बताउँछन । स्याउ बगैँचा व्यवस्थापनका लागि यो हिउँले निकै राहत मिल्ने किसान बताउँछन ।
हिउँ आउदै हिउँ खेल्न स्थानीय युवायुवती सदरमुकाम खलंगामा निस्केका छन । भारी हिमपात भएकोले अब बिस्तारै तातो बढ्दै जाने विश्वास गरिएको छ । यो बर्ष पुस महिनामा दुई पटक र माघ महिनामा एक पटक हिउँ परेको हो ।
हिउँले सिंगो कर्णाली सेताम्य भएको छ ।

Next Post

हुम्लाबासीका निष्ठा ‘कार्चेन ’

२१ माघ २०७८, शुक्रबार १४:१३
हुम्लाको राजनीति क्षेत्रका त्यागी,इमान्दार र निष्ठावान नेता हुन,छिरिङ डुङडोल लामा (कार्चेन) । उनले २०४६ सालदेखि मोटो मशालबाट राजनीतिक यात्रा प्रारम्भ गरे । राजनीतिक यात्रामा उनी जनप्रिय नेताका रुपमा स्थापित बनिरहे । हुम्लाबासीको मनमुटुमा बस्न सफल नेता कार्चेनले अहिले सम्म कुनै अवसर पाएनन । बरु आफुलाई आइपरेको अवसर अरुलाई सुम्पिए । […]