मुगुका सांसद बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता

  ।   २७ माघ २०७८, बिहीबार १५:५१

जुम्ला,माघ २७।
जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगुका सांसद तथा खत्याड गाउँपालिका ३ का ५७ बर्षिय मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । साँसद बानियाँको बलात्कार मुद्धा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ७३२ मा दर्ता भएको छ ।
उनले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमुति लिनु पर्ने भएको भन्दै मुद्धा दर्ता गर्न मानेको थिएन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्धा दर्ता भएको बताए । उनले भने,‘सांसद विरुद्धको मुद्धा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ । ’
जाहेरी दिएको चार दिन पछि मुद्धा दर्ता भएको छ । मुद्धा दर्ता नभएको बारे चौतफी दबाव सिर्जना भएपछि जिप्रका बाँकेले मुद्धा दर्ता गरेको थियो । पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनको लागि माग गरेकी छिन ।
पीडित महिलाले भनिन्,‘मलाई सांसद बानियाँविरुद्ध मुद्धा दर्ता भएको खबर प्राप्त भएको छ । डिएसपी सापले मुद्धा मुद्धा दर्ता भइसक्यो, ‘दर्ता नम्बर लिन आउनुहोस भनेर फोन गर्नु भएको थियो । म जिप्रकामा छु । ’ पीडित महिलाले नेपालगञ्ज २ को नामबाट जाहेरी दिइएकी हुन । माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलत्कार गरेको जनाएकी छिन । सांसद बानियाँले २०७६ मंसिर ८ मा सामुहिक रुपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएका थिए । त्यो रकम फिर्ता गर्नको लागि पटक पटक पीडित महिला संग छलफल तथा भेटघाट गरेका थिए ।
सांसद बानियाँरुपैयाँ दिन्छु भन्दै माघ १८ गते सुर्खेत पुगेका थिए । तर सुर्खेतमा भेट हुँदा रुपैयाँ नभएको भन्दै नेपालगञ्जमा आफन्तले रकम जम्मा गरिसकेकोले संगै नेपालगञ्ज जान दबाव दिए । उनले अप्सरा होटलको २१५ नम्बर कोठा बुक गरिदिएका थिए । पीडित नेपालगञ्ज २ ले भनिन्,‘मैले घर जान्छु ।भोलि विहान रुपैयाँ ल्याइदिनु भने तर अबेर सम्म रकम आउने भन्दै होटलमै बस्न दबाव दिए । म रुपैयाँ आउने आसैआसमा होटलमा बसेँ । बिहान ५ बजे सांसद बानियाँले ढोका ढकढकाएर रुपैयाँ आइसकेकोले लिन आग्रह गर्दै ढोका खोल्न लगाए ।
मैले खुसीका साथ ढोका खोले पीडितले भनिन्,‘ढोका खोल्ने वित्तिकै उनले जबरजस्तीकरण गर्न खोजे । मैले अस्वीकार गरे । करणी गर्न नदिए यही कोठामै मारीदिन्छु भनेर धम्की दिए । म होटलबाट बाहिर निस्कदा करणी गरेको कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए । म माथि परेको अन्याय सहन नसकेर म जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन पुगे । ’ सांसद बानियाँलाई अनुसन्धानको दायरामा ल्याएर हदै सम्मको कार्वाही गर्न माग गरिएको छ । पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जनाएको छ ।

Next Post

एमसीसी बहुमतका साथ पारित हुन्छ: काँग्रेस प्रवक्ता

२७ माघ २०७८, बिहीबार १५:५१
सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन्। बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्। उनले बैठकमा स्थानीय निर्वाचनको बारेमा छलफल भएको पनि बताए।प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकोले […]