मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

  ।   २६ फाल्गुन २०७९, शुक्रबार ०७:४८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

विभागले आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Next Post

घरेलु हिंसाबाट प्रभावित महिलालाई सिलाई कटाई तालिम

२६ फाल्गुन २०७९, शुक्रबार ०७:४८
जुम्लामा घरेलु हिंसा बाट प्रभावित महिलाहरुका लागि १ महिने सिलाई कटाई तालिम सञ्चालन  गरिएको छ। घरबाट अपहेलित महिलाको आयआर्जनका लागि चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला सेवा केन्द्र जुम्लाको आयोजनामा सो १ महिने सिलाई कटाई तालिम आयोजना गरिएको हो। उक्त तालिममा नगरपालिका भित्रका घरेलु हिंसा बाट प्रभावित महिलाहरु छन्। नगरपालिका […]