बजेट अभावले प्याराफिट निर्माण अलपत्र

  ।   ६ जेष्ठ २०८०, शनिबार ०८:१९

जुम्लामा बन्न लागेको प्याराफिट अलपत्र बनेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको मैदानमा बनिरहेको प्याराफिट बजेट अभावका कारण अलपत्र अवस्थामा छ । आर्थिक बर्ष २०७६/०७७ देखि निर्माण सुरु भएको प्याराफिट निर्माणको काम सामान्य पिलर ठड्याउन बाहेक अरु हुन सकेको छैन् ।
प्याराफिट अलपत्र बन्दा खेलकुदका कुनै पनि क्रियाकलाप हुन सकेका छैनन् । प्याराफिटको काम अधुंरो छ । खेलमैदानमा निर्माण सामाग्रीहरु अलपत्र अवस्थामा छन् । दर्शकहरु बस्ने ठाउ‘ छैन् । खेलाडीहरुले निर्धक्कपुर्वक खेल प्रदर्शन गर्ने वातावरण नै छैन ।
मैदान सॉघुरो भएकोले कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्न सकिएको नसकिएको जिल्ला खेलकुद विकास समिति जूम्लाका सदस्य सचिव संगिता आचार्यले बताइन । उनका अनुसार सामान्य खेलकुदका क्रियाकलापहरु गर्नुपर्दा नेपाली सेनाको टुडिखेल मैदान माग्नुपर्ने बाध्यता छ । सदस्य सचिव आचार्यले भनिन्,‘कर्णाली सरकारले की प्याराफिट निर्माणको काम सकाउन स्टमेट अनुसारको बजेट पठाइदिनु पर्यो । कित प्याराफिट भत्काएर खेलमैदान फराकिलो बनाइदिन बजेट हालिदिनु पर्यो । यि दुइ विकल्प बाहेक केही छैन । ’
पहिलो बर्ष कर्णाली प्रदेश सरकारले २० लाख रुपैयॉ पठाएको थियो । त्यो रकमले पिलर ठड्याउने काम भयो । दोस्रो बर्ष २५ लाख रुपैयॉ आयो । पर्खाल लगाउने देखि सिमेन्ट,बालुवा र गिट्टीको काम भयो । चालु आर्थिक बर्षमा शुन्य बजेट भएकोले काम नै चलिरहेको छैन् । सदस्य सचिव आचार्यले भनिन्,‘जुम्लाको खेलकुद विकासमा प्रदेश सरकार गैरजिम्मेवार बनेको देखियो । यो समग्र कर्णालीको खेलकुद विकास प्रतिकोे अपमान सम्झेका छौं । ’
सिंगो कर्णाली चिनाउने खेलाडीहरु जुम्लाले जन्माइरहेको छ । तर जुम्लामा बन्न लागेको खेलकुद संरचनामा बजेट पठाउन किन आनाकानी ? उनले भनिन्,‘खेल पर्यटनको उच्च संभावना बोकेको जुम्लामा प्याराफिट बाहेकका अन्य संरचनाहरु बन्न आवश्यक छ । जसका लागि प्रदेश र केन्द्र सरकारले बजेट पठाइदिनुपर्ने हुन्छ । ’
प्रदेश सरकारले प्याराफिटको लागि प्रयाप्त बजेट दिदैन् । स्थानीय सरकार संग प्याराफिट बनाउने बजेट नै छैन । प्रदेश सरकारले छुट्याएको बजेटमा संघीय सरकारले काम गर्न नपाइने भन्दै पन्छिरहेको छ,खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले ले भने,‘ भन्ने बेला वीरेन्द्रनगर पछिको दोस्रो सहर जुम्ला भन्ने तर बजेट नपठाएर संरचना निर्माण अधुरै राख्ने परिपाटी राम्रो देखिएन । ’
एक करोड ९० लाख रुपैयॉको लागतमा बन्न लागेको प्याराफिटको बजेट अभावले निर्माण कार्य रोकिएको छ । एक करोड ४५ लाख रुपैयॉको अभाव अझैं छ । याृ बजेट व्यवस्थापन गरिदिन भन्दै खेलकुद विकास समितिका पदाधिकारीहरु प्रदेश सरकारको दैलोहरुमा धाइरहेका छन ।
अध्यक्ष न्यौपानेका अनुसार प्याराफिटको सबै कागजपत्र बोकेर सुर्खेत जान लागिएको छ । पटक पटक प्याराफिटको लागि बजेट व्यवस्था माग गरिएको भएपनि कुनै वास्ता नभएको उनले दुखेसो पोखे । आगामी दसौं राष्ट्यि खेलकुद प्रतियोगितामा जुम्लामा महिला र पुरुष भलिबल आयोजना गर्ने भनिएको छ । भलिबल खेल्न बन्न लागेको मैदानको प्याराफिट नै अलपत्र छ । उनले भने,‘आगामी बजेटमा सरकारले प्रयाप्त बजेटको व्यवस्था गरोस । प्याराफिट निर्माणको काम सकोस । निर्वाधरुपमा राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लामा छनौट भएका खेलहरु चलोस भन्ने चाहना पुरा होस । हाम्रो माग यत्ति नै हुनेछ । ’
प्याराफिट निर्माणको काम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको समेत प्राथमिकतामा पर्न सकेको छैन । उनीहरु खेलकुद क्षेत्र प्रति संवेदनशिल हुन नसकेको आरोप खेलाडीहरुको छ । सदरमुकामको बिचमै खेलकुद मैदान भएकोले नेताहरु,सांसदहरु,सचिव,उपसचिवहरु आइरहदा ध्यान सबैको पुगिरहेको छ । तर उनीहरुको प्राथमिकतामा पर्न सकिरहेको छैन् ।
खेलकुद विकास समितिका सदस्य सचिव आचार्यका अनुसार प्याराफिट निर्माण गर्न बनेको स्टमेट सहितको कागजपत्र लिएर प्रदेश मन्त्रालयहरुमा धाइरहेको अवस्था छ । उनले भनिन्,‘कि सरकारले प्याराफिट बनाइदिनुपर्यो । कित त भत्काएर खेलकुद मैदान फराकिलो बनाइदिनु पर्यो भन्ने हाम्रो माग छ । न हाम्रो माग सुनिरहेको छ नत बजेट पठाएर प्याराफिटको काम नै अघि बढाउन सकेको छ । ’
अहिले प्याराफिटको काम रोकिदा बनेका संरचनाहरु जीर्ण बनिरहेका छन । सरीया र सिमेन्टहरु काम नलाग्ने भइसकेका छन । गत वैशाख ११ गते खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा निर्माणाधिन अवस्थामा रहेको प्याराफिट बनिरहेको स्थानमै पुगेका थिए ।
उतिबेला खेलकुद परिषदका सदस्य सचिव घिसिङलाई प्याराफिट अलपत्र परेको बारेमा सुनाइएको थियो । तर उनले प्रदेशले बनाइरहेको संरचनामा केन्द्रले हस्तक्षेप गर्न नमिल्ने प्रक्रिया दिएर फर्केका छन । प्रदेश मुख्यमन्त्रीले कुनै प्रतिक्रिया दिएनन् ।
सरकारी संरचना नै बजेट अभावले थला परेको भन्दै जुम्लाबासीले प्रदेश सरकारलाई गिज्याइरहेका छन ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले प्रदेश सरकारको हेलचक्र्याइले खेलमैदान बिग्रिएको बताए । उनले भने,‘प्रदेश सरकारले न प्याराफिट बनाउन सकेको छ । नत खेलकुदका क्रियाकलाप गर्न फराकिलो मैदान नै बनाउन दिएको छ । उल्टै अधुरोमा अलपत्र छाडेर खेलमैदानको सुन्दरतामा ऑच आउने काम गरिरहेको छ । ’
प्याराफिटको काम सुरु भएदेखि खेलमैदानको अभाव भईरहेको उनको भनाई छ । कुनै पनि खेलकुदका क्रियाकलाप अघि बढेका छैनन । उसो त खेलाडीहरुलाई खेल प्रशिक्षण दिन समेत रोकिएको छ ।

Next Post

संरक्षणको पर्खाइमा जुम्लाको केदारनाथ

६ जेष्ठ २०८०, शनिबार ०८:१९
जुम्लाको सिंजा गाउँपालिका-४ बारेगाउँमा अवस्थित केदारनाथ मन्दिर (बुद्धबुद्धि) संरक्षणको पर्खाइमा छ। सबैभन्दा अनमोल सम्पदा मानिएको केदारनाथ मन्दिर संरक्षण र संवर्द्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ। केही स्थानीयहरूले यसलाई आधुनिक बनाउने तवरले सोही अनुसार निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरूप बनाउन खोजेका छन् भने केहीले मौलिक सम्पदालाई सोही अनुरूप संरक्षण गर्नुपर्ने […]