कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

  ।   ४ भाद्र २०८०, सोमबार १२:४९

वीरेन्द्रनगर — आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना भएको दिन, सहिद दिवस तथा नाग पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक सूचना प्रकाशन गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।

यस्तै, प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुलामञ्चमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम रहेको छ ।

Next Post

जुम्लामा कानुन विषयमा विद्यार्थी आकर्षण बढ्दो

४ भाद्र २०८०, सोमबार १२:४९
जुम्लामा पछिल्लो समय एसईपछि कक्षा ११ मा कानुन विषय लिएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ। अध्ययनकै लागि जुम्ला बजारमा बस्ने सोच लिएर आएकी सिंजा-६ कि विपना रोकायाको विशेष रोजाइमा कानुन विषय परेको छ। भविष्यमा पनि कानुन पढ्ने उद्देश्य लिएकी उनी अहिले कानुन नै विषय लिएर चन्दननाथ नमुना माध्यमिक […]