केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउने निर्णय

  ।   ११ माघ २०७७, आईतवार १९:५७


नेकपा प्रचण्ड – माधव समुहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । आइतवार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको हो ।
यस अघि प्रचण्ड – माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपामा विभाजन देखिएको छ ।
माघ ३ गते बसेको प्रचण्ड – माधव समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट किन नहटाउने भनेर स्पष्टिरण सोधेको थियो।

Next Post

जोडजामको सरकार बनाउन खोजियो : प्रधानमन्त्री ओली

११ माघ २०७७, आईतवार १९:५७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समुह बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल शुरु गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा जागिर खाना चाहनेहरूले संसद लम्ब्याउन खोजेको बताए । उनले भने,‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो, […]