सरकार संविधान विखण्डित गर्ने यात्रामा : कांग्रेस

  ।   २१ माघ २०७७, बुधबार २०:१४

काठमाडौँ — कांग्रेसले संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’को संज्ञा दिएको छ । न्युज एजेन्सी नेपालसँग प्रवक्ता विश्वप्रकाश शर्माले एकपछि अर्को संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर सरकार ‘संविधानलाई विखण्डित गर्ने यात्रा’मा अघि बढेको प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको द्वन्द्व र दुई तिहाईको दम्भका कारण संविधानलाई विखण्डित गर्ने काम गरेको प्रवक्ता शर्माको आरोप छ । ‘संसदीय सुनुवाइपछि मात्रै नियुक्ति प्रक्रियालाई पूर्णता दिइने भन्ने हाम्रो संवैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रस्ट छ । तर त्यो केही पनि नगरिकन आज एकाएक शपथग्रहण भयो । शपथग्रहण समारोह उपराष्ट्रपति स्वंयम्‌ले बहिष्कार गर्नुपर्ने, सभामुखको अनुपस्थित रहने, प्रमुख प्रतिपक्षी नेताको त स्वाभाविक रुपमा अनुपस्थिति रहने भो, ‘उनले भने, ‘दुई तिहाईको दम्भ र द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रामा उहाँहरुले अगाडि बढाउनुभएको छ ।’

उनले संवैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उल्लंघन गर्दै अध्यादेश ल्याउँदा नै आफूहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नगरिकन हुने कुनै पनि बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको सहभागिता नरहने निर्णयका साथ गरेको स्मरण गराए । सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध घनिभूत रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

Next Post

चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

२१ माघ २०७७, बुधबार २०:१४
निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो । आयोगका […]

सम्बन्धित