श्री एयरलायन्सको काठमाडौँ–सुर्खेत परीक्षण उडान शुरु?

  ।   २७ माघ २०७७, मंगलवार ०८:४२
सुर्खेत निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए
“चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।”
उनले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताए । कार्यालय प्रमुख पन्थीका अनुसार जहाँजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ ।

Next Post

रामकुमारी झाँक्री पक्राउ

२७ माघ २०७७, मंगलवार ०८:४२
नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी दिँदै प्रहरीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो। झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई गरिएको हो। यस अघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनले पक्राउ पूर्जी लिएर आए गिरफ्तारी दिन तयार […]

सम्बन्धित