कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  ।   ४ जेष्ठ २०७८, मंगलवार १२:४०

दैलेख -जुम्लाबाट सुर्खेत जाँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा२०च७१५ नम्वरको जिप दैलेखको दुल्लुनगर पालिका –३ सियालामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो।

मंगलवार विहान ६ बजे आसपासमा जिपको ब्रेक फेल भई कर्णाली राजमार्गबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता ईन्द्रजित सुनारले जानकारी दिएका छन्।  प्रवक्ता सुनारका अनुसार ब्रेक फेल भएको आंशका गरिएपनि सडक राम्रो भएकोले ड्राईभरको निन्द्रा नपुगेकाले दुर्घटना हुनसक्ने बताए।

दुर्घटनामा जुम्ला गुठीचौर गाउँपालिका –४ का जिप चालक ३८ वर्षका रामहरि न्यौपाने, र गुठीचौर –२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा दुई जना मात्र सवार थिए।

Next Post

गाउँमा कोरोना महामारी, स्थानीय तह रमिते

४ जेष्ठ २०७८, मंगलवार १२:४०
जुम्लामा गाउँगाउँमा कोरोना संक्रमण फैलिएको छ। गाउँमा कोरोना संक्रमणलाई खेलाँची ठान्ने भएकोले उच्च जोखिम बढेको हो। देश तथा विदेशबाट आउने सिँधै घरमै जाने भएकोले जोखिम बढेको स्थानीय बताउँछन्। दोस्रो चरणको कोरोना लहरमा स्थानीयतहमा न क्वारिन्टिन बनेका छन्। नत आइसोलेसन र प्रभावकारी स्वास्थ्य परीक्षण। कोरोना हटस्पोट बाट सिंधै घर फर्कनेको संख्या […]

सम्बन्धित