उच्चस्तरीय छानविन समिति गठन

  ।   ७ फाल्गुन २०७७, शुक्रबार २०:४७

प्रहरीको कुटाइबाट गुठिचौर गाउँपलिका ३ का १३ बर्षिय पदम बुढाको मृत्यु भएको बिषयमा अनुसन्धान गर्न उच्च स्तरीय छानविन समिति गठन भएको छ । गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गृहमन्त्रालयका उपसचिव अमरदीप सुनुवारको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो ।
प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको बिषयलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले गम्भीरता पुर्वक लियो । फलस्वरुप गृहन्त्रालयले उच्चस्तरीय छानविन समिति बनायो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,“यो छानविन समितिले गहिरो तरिकाले अनुसन्धान गरेर वास्तविक तथ्य बाहिर ल्याउनेछ । ”
घटनाको सत्य तथ्य बाहिर ल्याउन, पिडितलाई न्याय र दोषीलाई कार्वाहीका लागि समितिले अनुसन्धान गर्नेछ । टोली केही दिनमै घटनास्थलमा पुग्ने उनले बताए । उच्च स्तरीय छानविन समितिले जुम्लामा झण्डै १५ दिन बसेर अनुसन्धान गर्नेछ ।
प्रमुख जिल्ला अधिकारी थापाले थपे,“पिडित परिवारको राहतका लागि कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्रालय र संघीय सरकारको गृहमन्त्रालयमा आवश्यक पहल भइरहेको छ ।”
१३ वर्षिय मृत्तक बालक पदम बुढालाई माघ १८ गरे मोबाईल चोरी गरेको भन्दै प्रहरी हिरासतमा ल्याइएको थियो । त्यो संगै शरिर सुनिएर फागुन ५ गते उपचारकै क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएपछि प्रहरीकै शारिरिक तथा मानसिक यातनाबाट मृत्यु भएको पुष्टि भएको हो । यता प्रहरी प्रशासनले पनि प्रहरीले शारीरिक मानसिक यातना दिएको स्वीकार गरेको छ ।

बालकलाई कुट्ने प्रहरीलाई कार्वाहीको माग गर्दै मृतक बालकका आफन्तले प्रहरी प्रशासनका कार्यालय घेराउ गरेका थिए । प्रशासन र पिडितका आफन्तबीच भएको वार्तापछि तत्काल छानविन समिति गठन गर्ने, पिडितलाई राहत उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई कार्वाही गर्ने निर्णय भएको थियो । मृतकका आफन्त र स्थानीय प्रशासनबीचको सहमति पछि आफन्तले शब बुझेर लिएका थिए । शबलाई शुक्रबार दाहाँसंस्कार समेत गरिएको छ ।

Next Post

पातारासीका हरेक वडामा कृषि पकेट क्षेत्र

७ फाल्गुन २०७७, शुक्रबार २०:४७
जुम्लाको पातारासी गाउँपालिकाका सबै वडा पकेट क्षेत्रका रुपमा स्थापित भएका छन् । वडाको अनुकुलताका आधारमा पकेट क्षेत्र घोषणा गरिएको हो । वडा नं. १ र २ मा फापर पकेट क्षेत्र बनाइएको छ । वडा नं ३ मा कालीमार्सी,४ मा चिनो कागुनो, ५ मा सिमी,६ मा फलफुल तथा तरकारी र ७ […]