नेत्रबहादुर शाही नेतृत्वको प्यानल बिजयी

  ।   २७ चैत्र २०७७, शुक्रबार १५:३९

गोल्डेन बुढा
जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लामा नेत्रबहादुर शाही नेतृत्वको प्यानल विजयी भएको छ । बुधबार सम्पन्न महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा शाही नेतृत्वको प्यालन नै विजयी भएको हो । अध्यक्षमा लक्ष्मीप्रसाद देवकोटा (एलपी) लाई १३ मतान्तरले पराजित गर्दै महासंघका निवर्तमान उपाध्यक्ष समेत रहेका शाही अध्यक्षमा विजयी भएका हुन् । शाहीले कुल ९९ मत खसेकोमा ५६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्धन्द्धी देवकोटाले ४३ मत प्राप्त गरेका थिए ।
महासंघको उपाध्यक्षमा भरतबहादुर बोहोरा ६२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्धन्द्धी रामबहादुर नेपालीले ३६ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा ५४ मत प्राप्त गर्दै थाहाकर्मी दिलमाया शाही विजयी हुँदा उनकी प्रतिद्धन्द्धी गीता शाही महत ४४ मत प्राप्त गर्दै पराजित भइन् । एलपी देवकोटाको प्यालनबाट चुनाव लडेकी उनी नेपाल पत्रकार महासंघको जुम्लाको निवर्तमान उपाध्यक्ष समेत हुन् ।
यस्तै महासंघको सचिव पदका उम्मेदवार निवर्तमान कार्यबहाक सचिव समेत रहेका नौरते नेपालीलाई पराजित गर्दै नयाँपत्रिकाकर्मी मानदत्त रावलले ५२ मत प्राप्त गर्दै विजयी भए । एलपी देवकोटा प्यालनबाट चुनावी मैदानमा उत्रिएका नेपालीले मात्र ४२ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा रेडियो नेपालकर्मी धनलाल बस्नेत ५२ मत प्राप्त गर्दै विजयी हुँदा एपीवान टिभिका प्रकाश उपाध्यायले मात्र ४६ मत प्राप्त गर्दै पराजित भए ।
यसैगरी सह–सचिव खुल्लातर्फ सागर परियार विजयी भएका छन् । उनले कुल खसेको ९९ मत मध्ये ५८ मत प्राप्त गरेका थिए । भने उनका निकटतम् प्रतिद्धन्द्धी मधुराज न्यौपानेले ३९ मत प्राप्त गरेका थिए । सह–सचिव समावेशीतर्फ ५८ मत प्राप्त गर्दै रतन वड विजयी भए भने उनका प्रतिद्धन्द्धी भीम बहादुर सानेले ४० मत प्राप्त गरे ।
महासंघको सदस्य पदको लागि भएको निर्वाचनमा नेत्रबहादुर शाहीको प्यानल नै निर्वाचित भयो । शाहीको प्यानलबाट निर्वाचन लडेका सबै सदस्य विजयी भए । सदस्यहरुमा सबैभन्दा बढी उमेश बुढाले ६० मत प्राप्त गरेका थिए । अन्य सदस्यहरुमा गोल्डेन बुढा ५६, कल्पना रावत ५४,कृष्णबहादुर शाही ५२, दत्तबहादुर बुढा ५४, रामप्रकाश वि.क. ५५, विजकली महतारा ५३, सूर्यबहादुर अधिकारी ५४ र हस्तनाथ योगी ५३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
एलपी देवकोटाको प्यालनको तर्फबाट सदस्य पदका उम्मेदवार बनेका कृष्ण बोहोराले ४३, टंकप्रसाद अधिकारीले ३५, तीर्थजंग महतले ३०, नरेन्द्रबहादुर रोकायाले ३५ मत प्राप्त गर्दै पराजित व्यहोरे ।
यस्तै पदमबहादुर रोकायाले ३५,मयालाल देवकोटा, मानबहादुर कुँवर र हरिकृष्ण महतले समान ४०÷४० मत प्राप्त गर्दा हिरबहादुर रोकायाले ३९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा दलित महिला सदस्यतर्फ शिवानी वि.क. र जनजाति सदस्यतर्फ एलपी देवकोटा प्यालनका हिना श्रेष्ठ निर्वाचन अगाबै निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेश परिषद् सदस्यहरुमा किरण धिताल ५९, तुलाराम रावत सबैभन्दा बढी ७८, देवीप्रसाद पाण्डे र धनबहादुर बुढा समान ६१,शिवा शाही ५९ र शुरबहादुर सिंहले ५८ मत प्राप्त गर्दै विजयी भएका हुन. । देवकोटा प्यानलका उमेश आचार्यले ३८, भीमबहादुर सार्कीले ३९ र रतन नेपालीले ३५ मत प्राप्त गरे ।
परिषद् सदस्यमा विजयी हुने सबै नेत्रबहादुर शाही प्यानलका हुन् । यस्तै नेत्रबहादुर शाहीको प्यानलबाट प्रदेश परिषद् सदस्यमा साङ्मु लामा र केन्द्रीय परिषद् सदस्यमा इन्दिरा थारु निर्विरोध निर्वाचिन भएका थिए ।
राष्ट्रिय परिषद् सदस्यमा नरेन्द्रनाथ योगी र विजय रावतले कुल ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । योगी र रावत नेत्रबहादुर शाही प्यानलका उम्मेदवार हुन् । यस्तै देवकोटाका प्यानलका तीर्थराज न्यौपानेले ३५ र रमेश आचार्यले ३६ मत प्राप्त गर्दै पराजित भए ।
नेपाल पत्रकार महासंघ जुम्लाका कुल १ सय ४ मतदाता मध्ये ९९ जना पत्रकारहरु निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत कर्णबहादुर भण्डारीले निर्वाचन निकै शान्तिपुर्ण र मर्यादित बनेको प्रतिक्रिया दिए ।
निर्वाचन सफल बनाउन प्रमुख निर्वाचनको अधिकृतको रुपमा वरिष्ठ पत्रकार कर्णबहादुर भण्डारीले जिम्मेवारी सम्हालेका थिए । यस्तै निर्वाचन अधिकृतहरुमा अधिवक्ता अनिता तिमिल्सिना र क्रियाशिल पत्रकार महेश नेपाली रहेका थिए ।

Next Post

पत्रकारको निर्वाचनमा ‘निक’ नामको त्रास

२७ चैत्र २०७७, शुक्रबार १५:३९
धनबहादुर बुढा, म जन्मिदा राखेको नाम थियो ‘धनराज’ । यो धनुराशीमा पर्छ । बढ्दै जादा मेरा नाम बदलिदै गए । म सानै देखि कुपोषण लागे जस्तो पातलो थिए । सबैले दोचो (दुब्लो) भन्न थाले । आमाको माया गर्ने नाम थियो, ‘चाउरो’ । मायाले आमाले चाउरो भनेर बोलाउँदा निकै आनन्द आउँथ्यो […]