आगलागी नियन्त्रणको तरिका सिकाउँदै सशस्त्र प्रहरी

  ।   ९ माघ २०७९, सोमबार १०:५४

पानी परेर खडेरी भइरहेको वा वन जंगलमा आगलागी भइरहेको समयमा जुम्लामा सशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्बन्धमा सचेतनामूलक ‘डेमो’ प्रदर्शन गरेको छ। सशस्त्र प्रहरी बल ३३ नम्बर गणले आफ्नो २२ औं स्थापना दिवसको पूर्व सन्धानमा चन्दननाथ नगरपालिका वडा नम्बर १० गैरागाउँमा नमुना आगलागी भएको घरमा नियन्त्रण तथा आगो निस्किएको ग्यास सिलिन्डर निभाउने बिषयमा सचेतना कार्यक्रम गरेको हो।

सशस्त्र प्रहरीले वडा नम्बर १० का सयौँ नागरिकको बिचमा सो सचेतना मूलक ‘डेमो’ प्रदर्शन गरेको हो। नमुनाको रुपमा तयार पारिएको घरमा लागेको आगो नियन्त्रण कसरी गर्ने, घरमा भएका मानिसहरूलाई कसरी उद्धार गर्ने बिषयमा अभ्यास गरी सर्वसाधारणलाई सचेत गरिएको छ। आगलागी नियन्त्रण सचेतना डेमो सहित घरमा कुनै कारणले ग्यास लिग भई हाल्यो भने त्यसको नियन्त्रण कसरी गर्ने सो को अभ्यास पनि गरिएको सशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाका गणपति चित्रांगत दाहालले बताए। उनले सामान्य सचेतना पनि नहुँदा दुर्घटना ठुलो हुने भएकाले घरमा ग्यास सिलिन्डर लिग हुँदा नडराई अक्सिजन नआउने गरी कम्बल वा कपडाले ढाक्ने हो भने निभ्ने समय देखी आगलागी हुँदा अपनाउनु पर्ने उपाएका बिषयमा सचेतना गरिएको बताए।

उक्त सचेतना कार्यक्रम गाउँमा गरेपछि स्थानीय खुसी भएका छन्। वडाध्यक्ष नवराज शाहीले आगलागी नियन्त्रण सम्वनत्रमा सचेतना कार्यक्रम पहिलो पटक गरिदिएकोमा सशस्त्र प्रहरी बल जुम्लालाई धन्यवाद ज्ञापन गरे। उनले यस्ता कार्यक्रमहरू नियमित हुन आवश्यक रहेकोमा जोड दिए। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सशस्त्र प्रहरीले स्थापना काल देखी शान्ति सुरक्षा, सीमा सुरक्षा देखी विपत् व्यवस्थामा ठुलो योगदान पुर्‍याएको बताउँदै नागरिक जोगाउने सचेतना कार्यक्रममा थप जोड दिनेमा प्रोत्साहन दिए। सचेतना कार्यक्रममा वडा नम्बर १० का सयौँ नागरिक सहित, सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गाउँमा आगलागी नियन्त्रण सम्बन्धी यो सिजनमा अत्यन्तै आवश्यक रहेको बताए।

सशस्त्र प्रहरीका गणपति दाहालले जुम्लामा पछिल्लो समयमा आगलागीका घटना बढ्दै गएकाले सचेतना कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको बताए। सशस्त्र प्रहरीका अनुसार जुम्लामा पछिल्लो समयमा जुम्लामा ५ वटा ठुला आगलागीका घटना भएका छन्। जस मध्य चन्दननाथमा ३, तातोपानी गाउँपालिकामा १ र तिला गाउँपालिकामा १ घटना भएका छन्।

Next Post

जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

९ माघ २०७९, सोमबार १०:५४
जुम्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हालेकी छिन्। जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी हुन्। जुम्लामा १ चन्दननाथ नगरपालिका सहित ७ गाउँपालिका छन्। जसमध्ये देवकी जुम्लाका स्थानीय तहमै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी हुन्। उनले बुधबार गुठिचौर गाउँपालिकामा […]