असंवैधानिक कदमकाे प्रतिवाद गर्ने निर्णय

  ।   २७ पुष २०७७, सोमबार १६:३५


नेकपा कर्णाली प्रदेश संसदीय दलकाे बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा अाेलीकाे कदम असंवैधानिक भएकाे ठहर गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेकाे छ ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे अध्यक्षतामा बसेकाे बैठकले पुस महिनाकाे पाँच गते प्रधानमन्त्री अाेलीकाे सिफारिसमा राष्टपति विद्यादेवि भण्डारीले गरेकाे संघीय संसद विघटन असंवैधानिक,अलाेकतान्त्रिक,निरंकुश,प्रतिगामी र स्वेच्छाचारी कदम भएकाेले अा अाफ्नाे क्षेत्रमा गएर प्रतिवाद गर्ने निर्णय गरेकाे हाे ।
बैठकले राष्ट्र र जनतालाई गम्भीर संकटमा धकेलेकाे समेत निष्कर्ष निकालेकाे हाे ।संसदीय दलका प्रमुख सचेतक सीताकुमारी नेपालीले निर्णय सार्वजनिक गर्दै पार्टीका विभिन्न तहद्वारा अायाेजित संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने गरि अा अाफ्नाे क्षेत्रमा परिचालित हुने निर्णय गरेकाे जानकारी दिईन ।
उनका अनुसार संसदीय दलकाे बैठकमा नेकपा कर्णाली प्रदेशका ईन्चार्ज जनार्दन शर्माको सहभागीता रहेकाे थियाे । संसदीय दलका सदस्य सामाजिक विकास मन्त्री दल रावललाई काेराेना संक्रमण भएकाेले उहाँको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्ने निर्णय गरेकाे हाे । कर्णाली प्रदेश ईन्चार्ज शर्माले प्रदेश सांसदहरूलाई प्रधानमन्त्रीकाे असंवैधानिक कदमकाे प्रतिवाद गर्न निर्देशन दिएका थिए ।

Next Post

संयुक्त माेर्चा बनाएर सबैलाई स्वामित्व दिऊँ

२७ पुष २०७७, सोमबार १६:३५
कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले संविधानको रक्षा र स्थायित्वको लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन् । आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलले मात्र लिएकाले पछिल्लो समस्या आएको बताउँदै नेता शर्माले राजनीतिक स्थायित्वका लागि भन्दै सो प्रस्ताव गरेका हुन्। पूर्व-गृहमन्त्रीसमेत रहेका नेता […]

सम्बन्धित