जुम्लामा ‘फाईबर टु द होम’ईन्टरनेट सेवा सञ्चालन

  ।   २५ असार २०७८, शुक्रबार २१:४१

गणेश रावत

जुम्लामा सिम्पलको फाईबर टु द होम ईन्टरनेट सेवा सञ्चालनमा आएको छ । अनलाईन सेवा प्रवाहलाई छिटो छरितो गर्न तथा उपभोक्ताको राहतका लागि नीजि लगानीमा सिम्पल ईन्टेलीजेन्ट सिस्टम टेक्नोलोजी प्रा.लीले औपचारिक उद्घाटन गर्दै फाईबर टु द होम ईन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

फाईबर टु द होम ईन्टरनेट सेवा जुम्लामा केहि समयअघि देखि संचालनमा भएपनि औपचारिक उद्घाटन भने शुक्रबा भएको हो । सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन बहादुर हमालले उक्त ईन्टरनेट सेवाको उद्घाटन गरेका हुन् । सानो लगानीबाट व्यवसायमा प्रबेश गरेर संघर्ष गर्दै आएका हिमा गाउँपालिका १ का हर्ष शाही तथा प्रतिभा शाहीले समयको माग अनुसार प्रविधिको विकासमा उल्लेखीय भुमिका खेल्दै आएका छन् । उद्घाटन कार्यक्रममा विभागका महानिर्देशक गोगन हमालले भने,“जुम्लाका नागरिकलाई ईन्टरनेटको पहुँचमा ल्याउन फाईबर टु द होम ईन्टरनेट उल्लेखीय भुमिका खेल्ने छ । सेवामा गुणस्तरीयता र विश्वसनियतामा ध्यान पुराउन आबश्यक छ ।”

चालु आव भित्रै देशका सबै स्थानीयतहलाई ईन्टरनेटको पहुँचमा पुराउने सरकारको लक्ष्य भएकाले नेपाल टेलिकम तथा सिम्पल लगायत अन्य नीजि ईन्टरनेट सेवाले गाउँगाउँमा ईन्टरनेटको पहुँच पुराएर सरकारको लक्ष्य पुरा गर्नुपर्नेमा जोड दिए । साथै फाईबर टु द होम ईन्टरनेट सेवाको नीति अप्ठयारालाई पनि सहजीकरण गर्न सूचना मन्त्रालय तथा विभागले आबश्यक पहल गर्ने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले जुम्लाको मुख्य समस्या भनेकै ईन्टरनेट भएको र सिम्पलको ईन्टरनेटले त्यो समस्या समधान गर्ने विश्वास व्यक्त गरिन् । सेवाग्राहिको गुनासो आउने गरी नभई चुस्त रुपमा फाष्ट ईन्टरनेट सेवा दिन समेत आग्रह गरिन् ।

फाईबर टु द होम ईन्टरनेट सेवाको लाईन हाल सम्म जुम्लाका १ सय जना सेवा ग्राहि लाई लाईन वितरण गरिएको छ । सिम्पल ईन्टेलीजेन्ट सिस्टम टेक्नोलोजी प्रा.लीका अध्यक्ष प्रतिभा शाहीले भनिन,“सामान्य अबस्थाबाट शुरु गरिएको व्यवसाय समयको विकास संगै सबैको साथ सहयोगले युग सुहाउदो प्रविधिको विकासमा अग्रस्थानमा आएका छौ । उपभोक्ताको माग अनुसार सेवा प्रवाह गर्नेमा प्रतिबद्ध पनि छौ ।”

सिम्पल ईन्टरनेटले जुम्लाका आठ स्थानीयतह संगै साविक कर्णालीका ४ जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिदै आएको छ । अहिले फाईबर टु द होम ईन्टरनेट सेवा सदरमुकाम केन्द्रित भएपनि आबश्यकता अनुसार गाउँगाउँमा समेत पुराइने छ । नेपाल टेलिकम भन्दा सिम्पलको ईन्टरनेट सेवा फाष्ट हुने अध्यक्ष शाहीको दाबी छ । यदपी,नेपाल टेलिकमले क्षामता विस्तारको काम दुर्त गतीमा भईरहेको जनाएको छ ।

Next Post

जातीय विभेद गरेको भन्दै वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

२५ असार २०७८, शुक्रबार २१:४१
जुम्ला- जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले जातीय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । सिंजा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष ५५ वर्षीय कालीबहादुर बुढा र उनका छोरा ३० वर्षीय नवीन बुढाले जातीय विभेद गरी गालीगलौज गरेको भन्दै पीडित पक्षले २५ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लामा […]