सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

  ।   २८ असार २०७८, सोमबार १३:२१

काठमाडौँ — सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।

‘एकमतले निर्णय भएको छ । मागबमोजिम आदेश जारी गरकेा छौं,’ आदेश सुनाउँदै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने । अदालतले उक्त मुद्दामा सोमबार संक्षिप्त आदेश जारी गरेको हो ।

प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।उक्त मुद्दामाथि सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय तोकेर हेर्दाहेर्दैमा राखेको थियो ।

Next Post

१४६ सांसदको पक्षमा फैसला, ६ दिनभित्र संसद् बैठक बाेलाउन आदेश

२८ असार २०७८, सोमबार १३:२१
काठमाडौँ  : सर्वाेच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुग्ने भन्दै बदर गरेकी थिइन् । त्यसपछि देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वाेच्चमा सशरीर उपस्थित भइ राष्ट्रपतिको निर्णयविरुद्ध […]

सम्बन्धित