शिक्षामा नीतिगत भ्रष्टचार रोक्न अखिल (क्रान्तिकारी)को तयारी

  ।   १७ श्रावण २०७८, आईतवार १६:३८

गोल्डेन बुढा,

नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) जुम्लाले शिक्षामा भइरहेको नीतिगत भ्रष्टचार रोक्ने तयारी थालेको छ । पहिलो चरणमा शिक्षा क्षेत्रमा भइरहेको अनियमितता र नीतिगत भ्रष्टचार रोक्न सचेतनामुलक कार्यक्रम अघि सार्ने निर्णय गरेको हो । जसका लागि जिल्ला स्थानीयतह र वडास्तरमा समिति विस्तार गर्ने र एकसाथ शैक्षिक विकृतीका विरुद्धमा अभियान थाल्ने भएको हो ।
अखिल (क्रान्तिकारी)जुम्लाको प्रथम विस्तारीत बैठकका निर्णय सार्वजनिक गर्दै जिल्ला भेला भदौ ३ गते सिँजा क्षेत्रमा गर्ने जानकारी दिएको छ । सिँजा गाउँपालिकाको नराकोटमा गर्ने भेलाको लागि मिनराज आचार्यको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
नेकपा माओबादी केन्द्र जुम्लाको कार्यालय करेशाबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अखिल क्रान्तिकारीले खेलेको भुमिका र आगामी दिनमा गर्ने कामका बारेमा जानकारी दिइएको थियो ।
बैठकले स्थानीयतहको इन्चार्ज र संयोजक तोकेर जिल्ला भेला आयोजक समिति पनि बनाएको छ । आयोजक समितिले स्थानीयतहका विभाग तोक्ने, गाउँ नगरका संयोजक र इन्चार्ज तोक्ने कार्य सकाएको छ । संयोजक आचार्यले भने,‘यो संगै शैक्षिक विकृतीको विरुद्ध संघर्षका कार्यक्रम अघि बढाउने तयारी भइरहेकोछ । ’
यसैगरी जुम्लाका २ वटा क्याम्पस र कर्णाली प्राविधिक शिक्षालयमा समेत अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गरिने भएको छ । अब शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न आन्दोलित हुन तयारी अवस्थामा छौँ, जिल्ला इन्चार्ज रमेश शाहीले भने,‘कुल बजेटको ४० प्रतिशत बजेट शिक्षामा लगानी हुनुपर्छ । दुइ किसिमको विभेदकारी शिक्षा नीतिको अन्त्य हुनुपर्छ । यसैका लागि अखिल क्रान्तिकारी खरो रुपमा लाग्छ । ’
सरकारले १२ कक्षा सम्म निशुल्क शिक्षा भनेपनि लागु हुन सकेको छैन । यसका लागि विद्यार्थीहरु सचेत हुनुपर्ने बताए । विस्तारित बैठक अखिल क्रान्तिकारीका केन्द्रीय सचिव कर्णाली प्रदेशका इन्चार्ज अमरजंग शाही,नेकपा माओवादीका कर्णाली प्रदेश सदस्य गोमादेवी कुँवर, पुर्णप्रसाद धितालको सहभागिता थियो । अखिल क्रान्तिकारी जुम्लाले भेलाको लागि आर्थिक समिति,प्रचारप्रसार समिित र स्वयमसेवक विभाग गठन गरेको जनाएको छ ।

Next Post

मेयर भन्छिन, ‘विवाद छैन,’ उपमेयर भन्छिन्,‘मनपरि स्वीकार्य छैन’

१७ श्रावण २०७८, आईतवार १६:३८
जुम्लाको चन्दननाथ नगरपालिकामा मेयर उपमेयरबीच आरोप प्रत्यारोप चलिरहेको छ । मेयर उपमेयरको विवादका कारण नगरपालिकाको कामकाज प्रभावित बनेको छ । उपमेयर अप्सरादेवी न्यौपाने तीन बर्ष सम्मको सार्वजनिक सुनुवाइ नगरेको, मनपरी रुपमा योजना छनौट गरेको, योजना अनुगमन नभइकन भुक्तानी हुने गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिइएको आरोप लगाउँछिन । […]