विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

  ।   २९ पुष २०७७, बुधबार १८:२८

काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

बास्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रुपमा यसबारे प्रतिक्रिया दिन मानेको छैन । बास्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो ।

Next Post

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्को इजलास शुक्रबार

२९ पुष २०७७, बुधबार १८:२८
काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ। संवैधानिक इजलास र वृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस आज पनि सकिएन। सो विवाद वृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, […]