बानियाँविरुद्धको मुद्दा दर्ता गर्न बाँके प्रहरीको आलटाल

  ।   २७ माघ २०७८, बिहीबार ०७:५५

बाँके प्रहरी कार्यालयमा मुगुका प्रतिनिधिसभा सदस्य मोहन बाँनियाविरुद्ध दिएको जोहेरी तीन दिनसम्म पनि दर्ता हुन सकेको छैन। जुम्लाकी एक महिलाले सांसद बाँनियाविरुद्ध बलत्कार गरेको भन्दै जाहेरी दिइएकी थिइन्।

बाँनिया नेकपा एमालेका समानुपातिक सांसद हुन्। पूर्वमन्त्री समेत रहेका बाँनियाविरुद्ध दिएको जाहेरी तत्काल दर्ता गर्न पीडित महिलाका आफन्तजनहरुले माग गरेका छन्। मुद्दा दर्ता गर्न ढिलाइ भइरहेको भन्दै तत्काल मुद्दा दर्ता गरेर न्याय दिलाइदिन् ती महिलाले आग्रह गरेकी छिन्। प्रहरीले मुद्धा दर्ता गर्न ढिलासुस्ती गर्दा आफू झन् पीडित बनेको उनले बताइन्।

‘मैले सांसद बाँनियाले बलात्कार गरेको बिषयमा बाँके प्रहरी कार्यालयमा जाहेर दिए। उनले भनिन्,‘अहिलेसम्म ढिलाई भइरहेको छ। प्रहरीले नै मुद्दा दर्ता गर्न ढिलासुस्ती गर्दा अच्चम परेकी छु।’पटक पटक मुद्दा दर्ता भयो की भनेर अपडेट गरिरहेकी छु। उनले थपिन् ‘अझै दर्ता हुन नसकेको प्रहरीको जवाफले झनै पिडा हुने गरेको छ। प्रहरीले मुद्दा दर्ता भएजस्तै मान्नु भन्दै उल्टै सम्झाउँदै आएको छ।’

जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने पीडितले दिएको जाहेरी उपर अनुसन्धान भइरहेको बताउँछन्। बहालवाला सांसदको विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले केही ढिलाई भएको उनले बताए।

डिएसपी न्यौपानेले भने,‘ पीडितले जाहेरी दिइसक्नु भएको छ। मेडिकल जाँच देखि घटनास्थल जाँच समेत भइसकेकोले मुद्धा दर्ता हुन्छ। यसमा कुनै शंका मान्नु पर्ने अवस्था छैन। ’  बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भईरहेको बताए। घटना दर्ता  गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धान हुन मुद्दा दर्ता समेत हुनेमा जोड दिए।

पीडितले जाहेरी अनुसारको घटना भएको दाबी गर्दै आफुलाई न्याय दिन र दोषीलाई कठघरामा ल्याउन माग गरेकी छिन्। सांसद बाँनियाले बालात्कार मात्रै गरेनन। नगद २५ लाख रुपैयाँ समेत लिएको जारहीमा उल्लेख गरेकी छिन्।  २०७६ साल मंसिर ८ गते २५ लाख रुपैया सांसद बाँनियालाई दिएको थिएँ। उनले भनिन्,‘बाँनियाले आफू काठमाडौँमा रहेको र संयूक्त व्यापार गर्ने बचन दिएका थिए।  तर लामो समय सम्म व्यापारको कुनै काम गरेनन्। दिएको रकम व्याज सहित फिर्ता दिन भनेपछि चेक समेत दिएका थिए। तर वैंकमा त्यो चेक नसाटेपछि नगद दिन समेत भनेको थिएँ। ’सांसद बाँनियाले रकम दिने भन्दै नेपालगंज स्थित अप्सरा होटलमा बोलाएका थिए।

म होटलको २१५ नम्बरको कोठामा बसेकी थिए। एक्कासी बिहान ५ बजे तपाइँको रकम आयो ढोका खोल्नुहोस भने,उनले भनिन्,‘ढोका खोलेपछि बलात्कार गरे। बाध्य भएर प्रहरीकोमा पुगे। उनले मुगु जिल्लाका समानुपातिक सांसद बाँनियालाई यथासिघ्र खोजतलास गरी नियन्त्रणमा लिएर जबरजस्तीकरणी कसुरमा हदैसम्मको सजाय गरिदिन माग गरेकी छिन्।

Next Post

मन्त्री गणेश सिंहको राजनीतिक यात्रा : प्रधानाध्यापकदेखि जलस्रोत मन्त्रीसम्म

२७ माघ २०७८, बिहीबार ०७:५५
काठमाडौं :  लिडर बन्न निडरको आवश्यकता पर्छ । त्यो निडरताले मात्रै परिवर्तन ल्याउन सक्छ, जसले परिवर्तन गर्ने हिम्मत राख्छ । पददेखि प्रतिष्ठासम्म त्याग गर्नेले नयाँ परिचय पाउँछ । अन्यायविरुद्ध लड्न बल मात्रै पुग्दैन, समाजको अहमत्याईँ जोगिन्छ र विकास हुन्छ । यस्तै आचारविचारका पात्र हुन् कर्णाली सरकारका नवनियुक्त जलश्रोत तथा उर्जा विकास मन्त्री गनेश […]