सांसद बानियाँको आफन्तजनबाट पीडित महिला असुरक्षित

  ।   २७ माघ २०७८, बिहीबार ११:२६

जुम्ला,माघ २६।
मुगुका सांसद मोहन बानियाँले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिला असुरक्षित छिन । आफुलाई चौतर्फी धम्की र प्रलोभन देखाउने गरेको पीडित महिला बताउँछिन । जाहेरी दिदाको भोलिपल्ट सांसद बानियाँका ज्वाईले प्रत्यक्ष भेटेर भोलि बिहानै १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौँ । जाहेरी फिर्ता लिनुस । भनेका थिए । पीडित महिलाले भनिन्,‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुदैन् । जे गर्छ कानुनले गर्छ । ’ जाहेरी फिर्ता फिर्ता लिन आग्रह गर्दै मोहन बाँनियाकी छोरीले फोन गरेर प्रलोभन देखाएको उनले बताइन् ।
मोहन बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्कि दिएका थिए । पीडित महिलाले थपिन,‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ । बानियाँका छोराले तपाईले जाहेरी दिदैमा कुनै असर पर्दैन । यस्ता करणी घटना कैयौ बेहोरी सक्यौँ । यसको कुनै तुक छैन ।’ बाँनियाका आफन्तजनले पटक पटक फोन गरेर या प्रत्यक्ष भेटेर धम्की दिइरहेको उनले बताइन । पीडित महिलाले एक हप्ता अगाडि सामाजिक सञ्जालमा मेरो ज्यान जोखिममा छ । म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनु हुनेछ भन्दै स्टाटस लेखेकी थिइन ।
यो घटनालाई दबाउनको लागि कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय रहेका छन । उनले पीडित महिलालाई धम्क्याउने देखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिनको लागि दबाव दिइरहेका छन ।
पीडित महिलाका अनुसार जाहेरी दिदाको दिनमा सांसद परियार बाँकेमा समेत पुगेका थिए । उनले पीडित महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौ । भन्दै धम्क्याएका थिए । आर्थिक लेनदेनको बिषयमा मिलापत्र गर्न पटक पटक दबाब दिदै आएको पीडित महिला बताउँछिन ।
पटक पटक लिएको आर्थिक फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक काटेका थिए । राष्ट्यि बाणिज्य बैंकको चेकमा रहेको खातामा रुपैयाँ थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स भएको चेक समेत पीडितबाट कर्णाली प्रदेशका सांसद परियार सहितको टोली खोसेको थियो । पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगंज स्थित अप्सरा होटलमा बलत्कार गरेको खुलाएकी छिन । उनले भनिन्,‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे । ’

Next Post

हिउँमा फसेका जुम्लाबासी सकुशल घर फर्किए

२७ माघ २०७८, बिहीबार ११:२६
जुम्ला,माघ २६। हिउँमा फसेका जुम्ला तातोपानी गाउँपालिका ८ का ३४ जना पाँच दिन पछि घर फर्किएका छन । उनीहरु सबै सकुशल घर फर्किएका हुन । जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका सबै सकुशल घर फर्किएको जनाएको छ । हिउँ फसेकाहरुको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश […]

सम्बन्धित