कनकासुन्दरीमा केन्द्र विवाद कायमै,आठौँ गाउँसभा स्थगित

  ।   ५ फाल्गुन २०७८, बिहीबार १९:५८

उमेश बुढा,कनकासुन्दरी,

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ । अहिले सम्म न केन्द्रको टुंगो लागेको छ,नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ । जब सम्म केन्द्र विवाद टुंगिएर अघि बढ्दैन तब सम्म गाउँसभा हुन नदिन गाउँसभा सदस्यहरुले अडान लिएका छन । गाउँपालिका केन्द्र विवाद समाधान नभएको भन्दै बिहिवार आयोजना गरीएको कनकासुन्दरी गाउँपालिकाको आठौँ गाउँसभा आधा चलेर स्थगित भएको छ ।
आठौँ गाउँसभाबाट १० भन्दा बढि ऐन कानुन पारीत गर्ने कार्यसुची बनेको थियो । गाउँसभा सदस्यहरुले तत्काल गाउँपालिका केन्द्रको टुंगो लगाउन माग राखेका छन । गाउँसभा सदस्य पदमबहादुर रोकायाले जब सम्म गाउँपालिका केन्द्रको टुंगो लाग्दैन तब सम्म गाउँसभा चल्न नदिने बताए ।
उनले भने,‘हाम्रो पाँच बर्षे कार्यकाल सकिन लागिसक्यो । पाँच पाँच बर्ष सम्म पनि गाउँपालिका केन्द्र्रको टुंगो नलाग्नु लाजमर्दो कुरा हो । अब सबै मिलेर केन्द्र टुंगो लगाएर जग्गा पास गर्ने वातावरण बनाएर मात्र गाउँसभा गर्ने तिर लागौँ । ’
यही कार्यकाल भित्र गाउँपालिका केन्द्रको विवाद समाधान नगर्ने हो भने जनताले हामीलाई सराप्नेछन,ती वडासदस्यले भने,‘गाउँपालिका केन्द्र नतोकेर अघि बढ्ने हो भने गाउँसभा गर्नुको कुनै तुक छैन । ’
गाउँ कार्यपालिकाले गाउँसभा मार्फत केही कानुन पारीत गराउन थालेको छ । तर केन्द्र विवाद नहुँदा सम्म कानुन पारीत हुदैन । जब सम्म निर्धक्क पुर्वक काम गर्ने वातावरण बन्दैन । तब सम्म कानुन पारीत गरेर पनि केही हुनेवाला छैन । अर्का गाउँसभा सदस्य सिंहराज सार्कीले भने,‘हामी गाउँसभा रोक्छौँ । तर गाउँपालिका केन्द्र तोक्न दबाव दिन्छौँ । ’
केन्द्र तोक्ने बिषय गाउँसभामा छलफलको बिषयवस्तु बनाइनु पर्ने माग राख्दै प्रकाश खत्रीको अध्यक्षतामा ३० जनाले हस्ताक्षर गरेर गाउँसभामा पेश गरेका छन । गाउँपालिकाको केन्द्र कनकासुन्दरी ५ मै हुनुपर्छ भनेर सभामा निवेदन पेस भएकोछ,उनले भने,‘सभामा बृहत छलफल गरेर बहुमतको हिसाबले केन्द्र तोकिनुपर्छ । ’
पहिलो चरणमा सहमतिको प्रयास गर्न दबाव दिदै सभासदस्यहरुले सहमतिको संभावना नभएको खण्डमा निर्वाचनका माध्यमबाट भएपनि केन्द्र तोकिनु पर्नेमा जोड दिएका छन । गाउँसभामा प्रमुख कार्यसुचीका रुपमा गाउँपालिकाको केन्द्र नहुँदा सम्म सभा चल्न नदिने अडान सभासदस्यहरुले गरेका छन । जबसम्म गाउँ पालिकाको केन्द्र विन्दु तोकिदैन तबसम्म गाउँसभाबाट कुनै पनि योजना तथा ऐन कानुन पास हुनेछैनन ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत तिर्थराज कठायतले सभामा केही कानुन पारीतको लागि पेस गरेका थिए । उनले कानुन पारीत गर्न आग्रह गरेपछि सभा सदस्यले यो गाउँसभामा केन्द्र तोक्ने बाहेकको बिषय प्रवेश गर्न नहुँने भन्दै गाउँ सभा रोक्न सुझाव दिएका थिए । गाउँसभा पुर्न शुक्रवार गर्ने कनकासुन्दरी गाउँपालिकाले जनाएको छ । गाउँसभामा हुन सक्ने विवादलाई मध्येनजर गर्दै सदरमुकाम खलंगा देखि ठुलो मात्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Next Post

बजेटको खोलो बग्दा पनि नसुध्रिएको गोठीजीउला कालाकाँध सडक

५ फाल्गुन २०७८, बिहीबार १९:५८
उमेश बुढा,कनकासुन्दरी, जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गोठीजीउला बजार हुदै मुगु जिल्लाको खत्याड जोड्ने कालाकाँध सडकमा बजेटको खोलो बगेपनि सुधार हुन सकेको छैन । अहिले सम्म झण्डै १० पटक बजेट विनियोजन भइसकेको छ । न सडकको स्तरउन्नती भएको छ,नत बजेटको कुनै हिसाव किताव नै । बरु उपभोक्ता समिति र ठेकेदार कम्पनीको कमाइ […]