कर्णालीमा उत्पादितअर्गानिक कृषिजन्य बस्तु एकै ठाउँमा

  ।   १९ फाल्गुन २०७८, बिहीबार ०७:३६

कर्णालीमा उत्पादन गरिएको कृषिजन्य बस्तु र उद्यमीले तयार पारेका सामाग्रीहरु अब एकै ठाउँबाट बिक्री हुने भएको छ। प्रदेश सरकारले स्थापना गरेको सौगात गृहबाट अब सबैअर्गानिक कृषजन्य बस्तु एकै ठाउँबाट बिक्री हुने गरेको हो।  वीरेन्द्रनगरस्थित एयरपोर्टसंगै जोडिएर रहेका कर्णाली सौगात गृहमा कर्णालीमा उत्पादन अर्गानिक कृषिजन्य बस्तु तथा उद्योमीले तयार पारेका बस्तुहरु राखिएको छ।  विशेष गरि अर्गानिक रैथाने, लोपउन्मुख कृषि उपजहरु संकलन, प्रंशोधन र बजारीकरणका गर्नका साथै बाहिर जाने यात्रुहरुलाई कर्णालीको चिनारी लैजान सहज होस् भनेर कर्णाली सौगात गृह स्थापना गरिएको हो।

सुर्खेत विमानस्थल छिर्ने मुख्य गेटसंगै रहेको सौगात गृह मुख्यत कर्णालीको अर्गानिक उत्पादनहरु आफन्तहरुलाई चिनोकोरुपमा लैजान सहज होस् भनेर स्थापना भएको सौगात गृहका सञ्चालक कविराज खत्रीले बताए। बजार सुहाउदो मुल्य राखेर सञ्चालन आएसंगै किनमेल बढीरहेको सञ्चालक बताउँछन्। किसानहरुको आर्थिक अवस्था सुधारका लागि सौगात गृहले बजारीकरण गरिरहेको छ। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले सौगात गृह सञ्चालनका लागि आवश्यक प्रकृया पुरा गरि भवन निर्माण गरि ठेक्का मार्फत हप्तादिन अघि उद्घाटन गरिएको हो।

सौगात गृहमा मकैंको आटो, पिठो, मकैंको चिउरा, जौ को सातु, पोषण, जौ को आटो, फापरको पिठो, चिनो, काकुनो, भट्ट, जुम्ला, हुम्ला मुगुको सिमी, स्थानीय दलहनका सवै बस्तुहरु, मार्सी चामल, जडिबुटी चिया, दुना टपरी, बेसार पाउडर, किवी, स्थानीय खसी तथा कुखुराको मासु, अचार, जिम्बु, ओखर, टिमुर लगायत प्रशोधित कृषि उपजहरु उपलब्ध हुने सञ्चालक खत्रीले बताए।

त्यस्तै अल्लोका कपडाहरु, राडीपाखी, हाते काजगहरु जिल्लाबाहिर ठुला उद्योगीहरुले ठुलो मात्रामा मगाउने गरेको उनले बताए। कर्णाली सौगात गृहमा ५ हजार घरपरिवारहरु कुनै न कुनै प्रकारले स्वरोजगार, आत्मनिर्भर बनेको र २ दर्जनले प्रत्यक्ष रोजगारी पाएको  सञ्चाल खत्रीले बताए। विदेशमा विक्रिका लागि बेसार र फापरलाई लैजाने तयारी भईरहेको सौगात गृहले जनाएको छ। ज्वाला कर्णाली ट्रेडमार्क प्राप्त गरेको कर्णालीमै पहिलो र एकमात्र भएको सञ्चालक खत्रीले बताए।

Next Post

पत्रकारको न्यूनतम तलब २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस

१९ फाल्गुन २०७८, बिहीबार ०७:३६
काठमाडौँ — न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरबारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेस गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमा […]