नेतृत्व र निर्णयका लागि सिँजामा नमुना गाउँसभा

  ।   २० फाल्गुन २०७८, शुक्रबार २०:०८

जुम्लाको सिँजा गाउँपालिकामा युवाहरुले नमुना गाउँसभा चलाएका छन । उनीहरुले गाउँसभामा आर्थिक ऐन र विनियोजन विधेयक पारीत गरेका हुन । युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि नुमना गाउँसभा चलाइएको थियो ।
गाउँसभामा हिमा,कनकासुन्दरी र सिँजा गाउँपालिकाका ३९ जना युवा सभासदस्य भएर सहभागिता जनाएका थिए । समग्र जिल्लाको विकासको लागि युवा नेतृत्व आवश्यक छ । आगामी दिनमा स्थानीय सरकार सञ्चालन गर्ने अवसरका लागि पनि नमुना गाउँसभा गरेर युवालाई अभिमुखीकरण गरिएको थियोे । नमुना गाउँसभा ३ दिन सम्म चलेको थियो ।
गाउँसभामा युवाले बालविवाह रोक्ने बारेको सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा ८ जना सभासदस्यले आफ्नो धारणा राखेका थिए । उनीहरुले स्थानीय सरकारले गाउँसभा मार्फत बालविवाह रोकथाम तथा नियन्त्रण ऐन ल्याएर सचेतना अभियान चलाउनु पर्नेमा जोड दिएका थिए ।
नमुना गाउँसभामा दिपकन्या चौलागाई र धिरबहादुर अधिकारी जनप्रतिनिधिको भुमिकामा थिए । उनीहरु गाउँपालिका अध्यक्ष र उपाध्यक्षको रुपमा रहेका थिए । गाउँसभाको प्रत्यक्ष अभ्यास युवालाई गराएर नेतृत्व क्षमता विकास गर्ने हेतुले नमुना गाउँसभाको आयोजना गरिएको थियो । कुनै पनि युवा राजनीतिक नेतृत्वमा जानु अघि गाउँसभामा हुने विभिन्न क्रियाकलाप र गाउँसभा सञ्चालन प्रक्रिया र विधिका बारेमा जानकार होस भन्ने तरिकाबाट सहजीकरण गरिएको थियो ।
नमुना गाउँसभामा सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही,सिँजा ३ का अध्यक्ष तिलाचन्द्र चौलागाइँ र योजना शाखा प्रमुख पदमबहादुर भण्डारी सहभागि थिए । उनीहरुले आफुहरुले गाउँसभा सञ्चालन गर्दा गरिएका हरेक क्रियाकलापका बारेमा अनुभव सुनाएका थिए ।
नमुना गाउँसभाको सहजीकरण संघीय संसद सचिवालयका पुर्वकर्मचारी विरेन्द्रबहादुर कार्की,रमेशकुमार पौडेल र सहजकर्ता प्रशिक्षक धनराज सुनारले गरेका थिए ।
नमुना गाउँसभा निकै उपलब्धिपुर्ण रहेको सहजकर्ता प्रशिक्षक सुनारले जानकारी दिए । युवा नेतृत्व अहिलेको अपरिहार्यता हो । प्रशिक्षक सुनारले भने,‘स्थानीय सरकार सञ्चालन र गाउँसभा आव्हानका बारेमा जानकारी दिन सकेको खण्डमा निकै राम्रो हुनेछ । एक स्थानीय सरकारले गर्ने काम कर्तव्य र अधिकारका बारेमा स्पष्ट पारीएको थियो । ’
नमुना गाउँसभाले युवाहरुलाई सामुदायिक विकासमा देखिएका समस्या समाधानका लागि नेतृत्व गर्ने सीप प्रदान गरेको छ । प्लान नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा नेतृत्व र निर्णय परियोजना अन्र्तगत नमुना गाउँसभा सञ्चालन गरेको गरिएको थियो ।

Next Post

कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्न गाउँसभामा मतदान

२० फाल्गुन २०७८, शुक्रबार २०:०८
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्न निर्वाचन गरिएको छ। गाउँपालिका केन्द्र विवादका कारण आठौँ गाउँसभा चल्न सकेको थिएन। गाउँसभा सदस्यहरुले गाउँपालिका केन्द्र विवाद समाधान नहुँदासम्म सभा चल्न नदिने अडान लिएपछि गाउँपालिकाले वडा नं. ४ का अध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो। वार्ता समितिले सबै संगको रायसुझावका आधारमा कनकासुन्दरी […]

सम्बन्धित