सुर्खेत कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी

  ।   ३ माघ २०७७, शनिबार ०८:०४

सुर्खेत । जिल्ला कारागार सुर्खेतमा क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिएका कारण विभिन्न समस्या उत्पन्न भएको छ ।

१०० क्षमता रहेको सुर्खेत कारागारमा अहिले २९५ जना कैदीबन्दीहरु राखिएका छन् । क्षमता भन्दा झण्डे तीन गुणा बढी कैदीबन्दी राख्दा आधारभूत मानवीय आवश्यकता समेत परिपूर्ति गर्न समस्या भएको कारागार प्रशासनले जानकाएको छ । तीन गुणा बढी कैदीबन्दी राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नु परेको कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले बताइन् ।

‘५० जना क्षमता रहेको कारागारलाई वैशाखबाट यसको क्षमता १०० पुर्‍याएका छौं । क्षमता भन्दा धेरै कैदी बन्दी हुँदा सुत्ने ठाउँ, शौचालय र पानीमा समेत समस्या हुने गरेको छ,’ जेलर खरेलले भनिन्, ‘अर्को नयाँ भवन निर्माणाधीन छ । यो भवन बन्यो भने, व्यवस्थापनमा थप सहज हुने विश्वास लिएका छौं ।’

हाल सुर्खेत कारागारमा १७४ जना कैदी छन् भने १११ जना थुनुवा रहेका छन् । त्यसमा २८ जना महिला कैदीबन्दी छन् भने २६७ जना पुरुष कैदी रहेका छन् । तीनजना आश्रित बालबालिका समेत रहेको कारागारले जनाएको छ ।

कारागार सुर्खेतका अनुसार जबरजस्ती करनीको मुद्दाका ५२ जना कैदीहरु छन् भने जबरजस्ती करनीकै मुद्दामा ३५ जना थुनुवा छन् । जबरजस्ती करनीपछि कारागारमा कर्तव्य ज्यान मुद्दाका कैदी छन् ।

कर्तव्य ज्यान मुद्दाका कैदी तथा थुनुवा गरी कारागारमा ६२ बन्दी छन् । कर्तव्य ज्यानमा थुनुवा १० पुरुष र ४३ कैदीसहित ५३ पुरुष छन् भने ९ जना महिला कर्तव्य ज्यान मुद्दाका छन् । त्यसै गरी लागूऔषधमा ५५, बहुविवाह २४ जना कैदी तथा थुनुवा रहेका छन् ।

कारागारमा सार्वजनिक अपराध, चोरी, ठगी, सवारी ज्यान लगाएतका मुद्दामा थुनुवा र कैदी रहेको कारागारले जानकारी दिएको छ । क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्दा शौचालयको समेत समस्या भएको कार्यालयले बताएको छ ।

Next Post

राजपा र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता

३ माघ २०७७, शनिबार ०८:०४
सुर्खेत । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता भएको लामो समयपछि कर्णालीमा एक सय ५१ सदस्यीय समिति हुने गरी पार्टी एकता भएको हो । राजपाले अध्यक्षसहित ४० जना सदस्य र समाजवादीले मुख्य सचिवसहित एक सय ११ जना सदस्य हुने गरी […]

सम्बन्धित