विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना बनाउदै जुम्ला

  ।   ३० श्रावण २०८०, मंगलवार १६:२१

जुम्ला ।
जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पुर्व तयारी प्रतिकार्य बनाउने भएको छ । मनसुन बढ्दै जॉदा कुनै पनि विपद्को सामाना गर्नुपर्ने भन्दै जसका लागि पुर्व तयारी प्रतिकार्य योजना बनाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष जयकुमार घिमिरेको अध्यक्षमा बसेको बैठकले विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको लागि मस्यौंदा तयारी भइसकेकोले सरोकारवालाहरुको रायसुझाव समावेश गर्ने निर्णय गरेको हो ।
बैठकले गुठिचौर गाउ‘पालिकामा मनसुनजन्य बाढी पहिरोको कारणले क्षति पुगेका १२ घरपरिवारलाई निजी आवाज पुर्ननिर्माणको लागि लाभग्राही कायम गर्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारीस गर्ने निर्णय भएको सशस्त्र प्रहरी बलका एसपी चेतराज जोशीले जानकारी दिए ।
उनका अनुसार बैठकले मनसुनबाट क्षति भएका घरपरिवारलाई तत्काल राहत दिन अधिकतम २० हजार आवश्यक पर्ने निष्कर्ष समेत निकालेको छ । आवश्यक पर्ने रकम राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गर्ने निर्णय भएको छ ।
मनसुन सुरु भइसकेकोले जुनसुकै समयमा पनि बाढी पहिरो जस्ता विपद जन्य घटनाहरु हुन सक्छन, विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी घिमिरेले भने,‘जसका लागि जिल्ला स्थित सबै सुरक्षा निकायाहरु,स्थानीयतह,विषयगत सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरिएको छ । ’
उनले विपद्ले निम्त्याउने क्षतिको बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिए । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,प्रमुख जिल्ला अधिकारी घिमिरे,सशस्त्र प्रहरी बलका एसपी चेतराज जोशी,नेपाल प्रहरीका डिएसपी प्रह्लाद कार्की, नेपाली सेनाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Next Post

कर्णाली प्रतिष्ठानमा डाइलासिस सेवा सुरु

३० श्रावण २०८०, मंगलवार १६:२१
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ । मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार मेसिन जडान भइसकेर सेवा सुरु भइसकेको छ । जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन् । शरीरका फोहोर चिजहरु […]