दाहाल-नेपाल समूहले सरकारविरुद्ध माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

  ।   ४ माघ २०७७, आईतवार ०७:२३

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय संघर्ष समिति बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिए ।

जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गरे । सहसंयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरिएको छ ।

जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौंको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । शनिबारको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकरा र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको नेता भट्टराईले जानकारी दिए ।

Next Post

शीतलहर छल्न न तातो नाना, न खाना

४ माघ २०७७, आईतवार ०७:२३
सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको […]