कर्णाली प्रदेशमा बजेट खर्च सुस्त गतिमा

  ।   ७ माघ २०८०, आईतवार १७:०२

चालु आर्थिक वर्षका ६ महिना बितिसक्दा कर्णाली प्रदेश सरकारको बजेट १३ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार अहिलेसम्म कर्णाली सरकारले ४ अर्ब ३८ करोड ३३ लाख मात्र खर्च गरेको हो । पुस मसान्तसम्म चालुतर्फ २१ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ ७ प्रतिशतमात्रै खर्च भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुयैँयाको बजेट विनियोजन गरेको थियो । गएको मंसिर महिनासम्म ९ प्रतिशत बजेट खर्च भएको थियो । मंसिर महिनामा चालुतर्फ १६ प्रतिशत बजेट खर्च गरेको कर्णाली सरकारले पुँजीगत तर्फ ४ प्रतिशत बजेट खर्च गरेको थियो ।

त्यसो त कर्णाली प्रदेश सरकार बजेट खर्चमा सुस्त देखिएको यो वर्ष मात्र हैन । गत आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म पनि कर्णाली प्रदेश सरकारले १३ प्रतिशतमात्रै खर्च गरेको थियो । त्यसमध्ये पुँजीगत खर्च ९ प्रतिशत थियो भने चालुतर्फ १९ प्रतिशत थियो ।

विकासे मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको खर्च अहिलेसम्म ७ प्रतिशत मात्रै छ । चालु तर्फ ३२ प्रतिशत खर्च हुँदा पुँजीगत तर्फ ७ प्रतिशत मात्रै खर्च भएको तथ्यांक छ ।

यस्तै, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको बजेट ८ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ ३० प्रतिशत र पुँजीगततर्फ ६ प्रतिशत खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कूल खर्च ४ प्रतिशत छ । जसमा चालु तर्फ १३ र पुँजीगत तर्फ १ प्रतिशत मात्रै खर्च भएको छ ।

मन्त्रालयगत खर्च कार्यान्वयनका हिसाबले आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडी देखिएको छ । यो मन्त्रालयले अहिलेसम्म कूल विनियोजित बजेटको २८ प्रतिशत खर्च गरेको छ । त्यसमध्ये चालुतर्फ ३० प्रतिशत र पुँजीगततर्फ १४ प्रतिशत खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले २३ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । चालुतर्फ २८ प्रतिशत र पुँजीगत तर्फ १६ प्रतिशत खर्च भएको छ । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयको १८ प्रतिशत खर्च गरेको छ । जसमा चालु तर्फ २२ प्रतिशत छ भने पुँजीगत तर्फ ५ प्रतिशत खर्च भएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ २७ प्रतिशत छ भने पुँजीगत तर्फ ५ प्रतिशत रहेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १२ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ १६ प्रतिशत छ भने पुँजीगत तर्फ ३ प्रतिशत खर्च भएको छ । कान्तिपुर अनलाइन 

Next Post

उच्च भूभागमा हिमपातको सम्भावना

७ माघ २०८०, आईतवार १७:०२
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज […]

सम्बन्धित