पीएम कप क्रिकेटमा आजदेखि दुई खेल

  ।   ४ माघ २०७७, आईतवार ०७:३२

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार अब समूह चरणका खेलहरु दुई मैदानमा हुनेछन् ।

आज टीयू मैदानमा समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । जारी प्रतियोगितामा समूह ‘बी’को यो पहिलो खेल हुनेछ ।

यस्तै मुलपानी मैदानमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुने छ । उद्घाटन खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको आर्मी दोस्रो खेल खेल्दैछ भने कर्णालीको यो पहिलो खेल हुनेछ ।

आर्मी र कर्णालीसँगै समूह ‘ए’ मा एपीएफ, गण्डकी र प्रदेश १ छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता नेपाल पुलिससँगै बागमती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

दुबै समूहको लिग चरणका खेलपछि शीर्ष दुई स्थानमा रहने टिमहरु सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल माघ १४ र १५ गते टीयू मैदानमा हुनेछ भने फाइनल खेल पनि टीयू मैदानमै माघ १७ गते हुनेछ ।

Next Post

२०२० सकिएसँगै पृथ्वीको सबैभन्दा गर्मी दशकको पनि अन्त्य !

४ माघ २०७७, आईतवार ०७:३२
काठमाडौं । एकदम कम अन्तरले सन् २०२० पृथ्वीको सबैभन्दा गर्मी वर्ष बन्न पुगेको नासाले जनाएको छ । यो वर्षमा मानव समुदायले थुप्रै किसिमका जलवायु संकट : अधिकतम तापक्रम, धेरै संख्यामा हावाहुरी, आँधीबेरीलगायत प्राकृतिक प्रकोप अनि अप्रत्याशित वन डढेलोको सामना गर्नुपरेको हो । नासाका अनुसार विश्वव्यापी रुपमा जमिन अनि समुद्रको तापमान […]

सम्बन्धित