जुम्लामा आन्दोलनको फरक शैली : देउडा गाउँदै,खबरदारी गर्दै

  ।   ८ माघ २०७७, बिहीबार ०८:१४


जुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विरोधमा गाउँ नगरमा खबरदारी कार्यक्रम भइरहेका छन् । कहिले सडकमा नाराबाजी गरेर, कहिले गाउँमा राँके जुलुस बालेर त कहिले देउडा गाएरै प्रतिगनकारी कदमको विरुद्धमा संघर्षका कार्यक्रम भइरहेका हुन । यही क्रममा जुम्लाको पातारासी गाउँपालिकाका महिलाले देउडा गाएरै संसद विघटन असंवैधानिक कमद भएको भन्दै गाउँबाट फेरी एक पटक संघर्षको लागि तयारी अवस्थामा रहेकाे सन्देश छरिरहेका छन् ।
जुम्ला ग्रामिण क्षेत्रका महिला संगठित भएर प्रतिगमनकारी शक्तिका विरुद्धमा आवाज उठाउन थालेका हुन् । देउडाबाटै असंवैधानिक कदम फिर्ता हुनुपर्ने, संसद पुर्नस्थापित भएर जनताको कामकाजलाई सहज बनाउँदै लग्नु पर्ने, निर्वाचनका नाममा ब्रह्मलुट गर्न नहुने सन्देश दिएका हुन् ।
प्राय महिलाहरू दूधे बालक काखमा च्यापेर देउडामा सहभागि थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट्घाती भएकोले गाउँगाउँमा विरोधका आवाज उठाउन बाध्य भएको महिला नेतृ मायादेबी वोहोराले बताइन् । उनले भनिन्,‘प्रधानमन्त्री केपी ओलीले गरिब जनताको पसिना र सहिदको रगतले लेखिएको संविधानको अपमान गरे । यो कसैका लागि सैह्य छैन । ’
नेकपा कर्णाली समिति सदस्य बोहोराले राज्यले ३३ प्रतिशत महिला सहभागीताको ब्यवस्था गरेको भएपनि कार्यन्वयन हुन नसकेको बताइन् । उनले भनिन्‘ हामीलाई ५० प्रतिशत अधिकार चाहिन्छ । सरकार असंवैधानिक कदम चाल्दै हिड्छ । संविधानले प्रदत्त गरेका अधिकार कार्यन्वय गर्दैन् । यो कसरी जनताको सरकार हुनसक्छ । यो त देशद्रोही सरकार हो । ’
उनले थपिन्,‘स्थानीय सरकारका महिला जनप्रतिनिधि छन् । उनीहरु आफ्नो भुमिका प्रति सन्तुष्ट छैनन् । निर्वाचन भएको तीन वर्षभन्दा बढी वितिसक्दा समेत महिला जनप्रतिनिधिको कानुनी अधिकार कार्यान्वयन भएको छैन । सरकार रमितेछ । कानुनको कार्यन्वयन गर्दैन् । कानुन उलंघन गरेर विध्वंस मच्याउछ ।’
गाउँमा सरकारी कदमका विरुद्धमा जागरण चलिरहदा सरकार बालुवाटारबाट रमिता हेरिरहेको देउडाबाटै महिलाले भनेका छन् । उनीहरुले अवको विकल्प संसद पुर्नस्थापना मात्र भएको बताउँदै सरकारले जनमैत्री काम गरेर देखाउनु पर्नेमा खबरदारी गरेका थिए । हातमा मादल बोकेर काँधमा काँध मिलाएर जुम्ली महिला विरोध प्रदर्शनमा जुटेका हुन् ।

Next Post

कांग्रेसले आज स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने

८ माघ २०७७, बिहीबार ०८:१४
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले बिहीबार स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा  कांग्रेसले बिहीबार ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो । […]