‘सर्वसत्तावाद मुर्दावाद’काे नारासहित नागरिक अगुवाको मार्चपास

  ।   २३ माघ २०७७, शुक्रबार ०८:३०

काठमाडौँ – बृहत नागरिक आन्दोलनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ।

लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन्।

मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग गरेका छन्।

संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गरिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन्।

संसदीय सुनुवाई बिना बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि शक्ति प्रदर्शन गर्दैछन्।

Next Post

कर्णालीका हिमाली जिल्लामा हिमपात

२३ माघ २०७७, शुक्रबार ०८:३०
काठमाडौं । मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको हो । बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी […]