ओली पक्षकाे बैठकः अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी खारेज, महाधिवेशन आगामी मंसिरमा

  ।   २८ फाल्गुन २०७७, शुक्रबार १८:२६

प्रधानमन्त्री समेत रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले पार्टीको दसौं महाधिवेशनको मिति तोकेको छ। शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको दसौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हो।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षी केन्द्रीय सदस्यहरुको अनुपस्थित थिए। ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने समेत निर्णय गरेको छ।

पदाधिकारीमा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा दुई समूहमा विभाजित भएको थियो। नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूह गरी दुई समूहमा विभाजित भएको थियो। तर, यही फागुन २३ गते सर्वोच्चले तत्कालीन एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपालाई आधिकारिकता दिन नसकिने पक्षमा फैसला गरेपछि दुवै पार्टी पुरानै अवस्थामा फर्किनुपरेको थियो।

सर्वोच्चको फैसलापछि प्रचण्डको साथमा रहेको नेपाल समूह एमालेमै फर्किएको थियो। एमालेमा विगतदेखि नै ओली र नेपाल गरी दुई समूह रहेका छन्।

Next Post

काँग्रेस र जसपा नेताहरुबीचको बैठक सकियो, अब माओवादी केन्द्रसँग छलफल गरिने

२८ फाल्गुन २०७७, शुक्रबार १८:२६
काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताए। ‘मिलेर जाने विषयमा छलफल […]