पूर्वाराजा ज्ञानेन्द्रले मुख खाेले: अहिलेको राजनीतिको समीक्षा गर्न ढिला भयो

  ।   २६ पुष २०७७, आईतवार १८:१५

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ भन्ने समीक्षा हुन विलम्ब भएको बताएका छन्।

पृथ्वी जयन्तीको अवसमा प्रेस विज्ञप्ति जारी गर्दै शाहले भनेका छन्, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम सधन हो। तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकुल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ।’

उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पुरा गर्ने वा अवान्छित क्रियाकपाल भित्रिएको आम नेपालीले महसुश गरेको बताएका छन्।

जनचाहना बमोजिम अघि बढ्ने शाहवंशीय परम्परा रहेको उनले बताएका छन्। जनताको चाहना अनुसार शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरेर संवैधानिक राजतन्त्रको भूमिकामा बसेको र राजगद्दिसम्म त्यागको इमान्दारिता दर्शाएको उनले स्मरण गरेका छन्।

अहिलेको समयमा आफु देश कसरि जोगाउन सकिएला भन्ने चिन्ताग्रस्ता अवस्थामा भएको शाहले भनेका छन्।

Next Post

६ वडामा एउटा मात्र सचिव

२६ पुष २०७७, आईतवार १८:१५
जुम्लाको सिँजा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीले ६ वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नु परिरहेको छ । जुम्लाको सिंजा गाउँपालिका– ६ वडामा विभाजित छ । १५ पुसदेखि सवै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेका छन् । एक जना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नु पर्दा निकै कठिन […]

सम्बन्धित