जूम्लामा एक महिला संक्रमितको मृत्यु

  ।   १६ जेष्ठ २०७८, आईतवार १९:०६

गोल्डेन बुढा,
जुम्लामा एक महिला संक्रमितको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका ३ की ७० बर्षिया एक महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लाको उपचारको क्रममा मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराइले आइतबार दिउँसो एक जना महिलाको मृत्यु भएको बताए । उनले गुठिचौर गाउँपालिका ३ की ७० बर्षिया एक महिलाको मृत्यु संगै हाल सम्म पाँच जनाको मृत्यु भएको बताए ।
उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन । उनलाई श्वासप्रश्वासको निकै समस्या थियो । अक्सिजनको मात्रा निकै कम थियो । प्रवक्ता भट्टराइले भने,‘अक्सिजन दिएर भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । बचाउनको लागि अधिकतम प्रयास भएको थियो । तर बचाउन सकिएन । ’
जुम्लामा दुई साताको अन्तरालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लामा उपचार गराइरहेका कालिकोट तिला गुफाका २,सुर्खेत घर भइ कालिकोटमा व्यवसाय गर्दै आएका एक जना र जुम्लाका दुई जना संक्रमितको मृत्यु भएको हो ।
उनले भने,‘ दुई सातामा पाँच जना संक्रमितको मृत्यु भएको छ । जसमा दुई जना कालिकोट तिलागुफाका हुन । एक जना सुर्खेतका बासिन्दा हुन । जुम्ला हिमा गाउँपालिकाको एक पुरुष र गुठिचौर गाउँपालिकाका एक महिला संक्रमितको मृत्यु भएको हो । ’ कोरोना संक्रमणका कारण मृतकको संख्या बढिरहेकोले सचेत रहन आग्रह गरिएको प्रवक्ता भट्टराइले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुुुसार कोरोना संक्रमण भएका तर १४ दिन आइसोलेसनमा बसेर रिर्पोट नेगेटिभ आइसकेका एक अर्को पुरुषको मृत्यु भएको छ । तर उनको कोभिडका कारणले मृत्यु भएको भन्न नसकिने प्रवक्ता भट्टराइले बताए । उनले भने,‘कोभिडले फोक्सोमा समस्या आएर मृत्यु भएको हो । रिर्पोट नेगेटिभ आइसकेकोले कोरोनाका कारण मृत्यु भन्न सकिने अवस्था रहेन । ’ उनी दमको रोगी थिए । एक जना कालिकोटका संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । हाल प्रतिष्ठानको आइसोलेसनमा ३२ जना संक्रमितको उपचार भइराखेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार बैशाख ८ देखि हाल सम्म संक्रमितको संख्या ४ सय ८ जना रहेको छ । निको भएर घर फर्किनेको संख्या १ सय ८१ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

Next Post

कृषि कर्म प्रति विश्वास जगाउँदै कोरोना कहर

१६ जेष्ठ २०७८, आईतवार १९:०६
        गोल्डेन बुढा, भनिन्छ, नेपाल कृषि प्रधान देश हो । हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक समृद्धिको प्रमुख आधार कृषि क्षेत्र हो । कृषि क्षेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति संलग्न छ । यस अर्थमा कृषि हाम्रो देशको प्रमुख पेशा र प्रमुख उद्यम पनि हो, अनि […]