रावतवाडामा कोरोना लक्षणका दुई दर्जन बढि बिरामी

  ।   १८ जेष्ठ २०७८, मंगलवार १२:४४

जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडमा कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन । कोरोना संग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए ।
उनका अनुुसार गाउँमा सिकिस्त बिरामी मध्ये २० जनालाई पिसिआर परिक्षणका लागि कोभिड अस्पतालमा पठाइएको छ । गाउँमा एक साता देखि बिरामी पर्ने संख्या बढिरहेको छ । बिरामीमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने,ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन । वडाध्यक्ष खड्काले भने,‘ गाउँमा बिरामीको संख्या बढ्न थालेपछि वडापालिका निकै संवेदनशिल बनेको छ । बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परिक्षणका लागि अस्पताल सम्म लैजाने गरिएको छ । ’
उनले ५५ घरधुरीमा झण्डै ३५ जना बढिमा यो लक्षण देखिएको छ । वडाध्यक्ष खड्काले थपे,‘पुरै गाउँमा कोरोना लक्षण भएका बिरामी भेटिदा निकै दुखित बनाएको छ । तर बिरामीको उपचारका लागि अहोरात्र खटिरहेका छौँ ।’ यो रोगको पहिचान गरेर रोग अनुसारको औषधि प्रदान गरिने उनले बताए ।
गाउँमा १५ जना सिकिस्त, अन्य १५ जना जति सामान्य रहेका छन् । सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन् । केही समयमा अघि रावतवाडमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए । स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीयले आरोप लगाएका छन । बिरामीका कारण गाउँमा ५० प्रतिशत घरधुरी प्रभावित भएका छन ।
४६ जनाको नामावली पीसीआर परिक्षणका लागि तयार गरिएकोमा २० जनालाई स्वास्थ्य शाखाको समन्वयमा कोभिड अस्पताल पठाइसकिएको छ । पहिलो चरणमा २० जनाको परीक्षण गरिने र त्यसपछि अवस्था हेरेर अन्य नागरिकहरुको परीक्षण गर्ने वडाध्यक्ष खड्काको भनाई छ ।
अहिले रोपाइ चलेको सामान्य निको हुने वित्तिकै रोपाइ गर्न जाने गरेका छन । पिसिआर पछि कोरोना पोजेटिभ देखिएकालाई गाउँपालिकाले बनाएको आइसोलेसनमा राखेर नियमित निगरानी गरिने वडाध्यक्ष खड्का बताउँछन ।
पुर्व राज्यमन्त्री स्वास्थ्य सामाग्री लिएर गाउँमा
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य तथा पुर्व राज्यमन्त्री गोमा कुँवर गौतम स्वास्थ्य सामाग्री लिएर बिरामी ग्रस्त गाउँमा पुगेकी छिन् । उनले प्रत्येक घरलाई साबुन र मास्क लिएर दिएकी हुन ।
गाउँमै थर्मल गन लिएर तापक्रम समेत नाँप्न लगाएकी थिइन् । वडाध्यक्ष खड्काले पुर्व राज्यमन्त्री कुँवर गाउँमै पुगेर बिरामीलाई सहानुभुति दिएको बताउँछन । उनले भने,‘एकै पटक बिरामीलाई धेरै दिन सकिने अवस्था छैन । बिरामीलाई सहानुभुति र बिरामीको कोरोना परिक्षणका लागि गाउँमै पुगेर पहल थालिरहनु भएको छ । यो निकै राम्रो पक्ष हो । ’
पुर्वराज्यमन्त्री कुँवर वडाअध्यक्ष विशाल खड्का लगायतको स्वास्थ्यकर्मीको टोलि गाउँमै पुगेको थियो ।

Next Post

‘आत्मबल दह्रो बनाउन सकेमा कोरोना जितिनेछ’

१८ जेष्ठ २०७८, मंगलवार १२:४४
        नैनबहादुर हमाल, विश्वभर कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा त्यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । सारभुत रुपमा नेपालीहरुले यो कस्तो रोग हो भन्ने कुरा नजिकबाट नियाल्ने अवसर पनि पाए । यसको उदग्म स्थल चिनको वुहान शहरबाट जंगली जनावर चमेरो प्रजातीबाट मानिसमा सरेको भनेर विभिन्न […]