शान्ति तथा पुर्नस्थापना केन्द्र विधेयक प्रदेश सभा सचिवालयमा दर्ता

  ।   २७ पुष २०७७, सोमबार २०:३६

कर्णाली प्रदेश सभा सचिवालयमा शान्ति तथा पुर्नस्थापना केन्द्र विधेयक दर्ता भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयले सो विधेयक दर्ता गरेको हो ।
जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका सहिद तथा वेपत्ता परिवार र घाइते, अपांग योद्धालाई हेरचाह, पुर्नस्थापना र सीपमूलक तालिम प्रदानगरी सहज जीवनयापन गर्न सक्षम तुल्याउन विधेयक दर्ता भएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
विधेयक पारित भए पश्चात शान्ति तथा पुर्नस्थापना केन्द्र स्थापना हुनेछ । केन्द्रले कष्टकर जीवनयापन गरिरहेका घाइते योद्धा, सहिद तथा वेपत्ता परिवारको व्यवस्थापनको अगुवाइ गर्नेछ मन्त्री भण्डारीले बताए ।

Next Post

प्रतिनिधिसभा विघटनको मुद्दा : कहिले टुंगिएला ?

२७ पुष २०७७, सोमबार २०:३६
काठमाडौं । प्रतिनिधिसभा पुस ५ गते विघटन भएपछि त्यसविरुद्ध दायर रिट संवैधानिक इजलासमा विचाराधीन छ । प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । उनले सरकारको सिफारिसमा वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी प्रतिनिधिसभा निर्वाचनको मितिसमेत घोषणा गरेकी छन् । तर, सर्वोच्च अदालतमा प्रतिनिधिसभा […]