कर्णाली अस्पतालाइ साढे ६ लाखको स्वास्थ्य सामाग्री

  ।   ३ भाद्र २०७८, बिहीबार १७:०९


कोरोना भाइरसको तेस्रोलहर शुरु भइरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई साढे ६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।
एन नाइन्टी फाइभ मास्क,१५०पिस,सर्जिकल मास्क २ हजार पिस,,हयाण्ट सेनिटाइजर ५००एमएल,फेस शिल्ड २ सय पिस,,ग्लोब्स २ हजार पिस,,पुनं प्रयोग गर्न मिल्ने गावन १ सय पिस,फुल पिपिई सेट १ सय,आइआर थर्ममिटर ५,,स्प्रे ट्यांक १, हेण्डबास लिक्वीड २०,हाइजिन किड १०,डिग्नीटी किड ५, र प्यासेन्ट बेड सिट १० पिस ,पोचिलोराइट डिसिन्फेक्टेन्ट सोलुसन २० ग्यालेन लगायतका स्वास्थ्य सामाग्री पेस नेपाल जुम्लाले जनाएको छ ।


पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ लाख ४८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए । उनले भने,‘कोभिड १९ महामारीका रुपमा अघि बढेको छ । यसको नियन्त्रण र रोकथाम अहिलेको अपरिहार्य आवश्यकता हो । कोभिड १९ प्रतिकार्यका लागि अस्पताललाई सामाग्री प्रदान गरिएको छ । ’
पेस नेपालका सचिव मानबहादुर रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक राजिब विक्रम शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । उनले स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरि कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए ।


अस्पताल निर्देशक शाहले कोभिड संकट समाधानका लागि प्रदान गरिएको स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गर्ने बताए । उनले भने,‘संकटका बेला गरिएको यो सहयोग निकै प्रसंसनीय छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएकोछ । ’यसअघि पनि अक्सिजन सिलिण्डर सहितको लाखौँको स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

Next Post

प्रभावकारी सेवा दिन मन्त्री श्रेष्ठको निर्देशन

३ भाद्र २०७८, बिहीबार १७:०९
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बिषयगत कार्यालयहरुलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन । बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जुम्ला पुगेका मन्त्री श्रेष्ठले जनस्वास्थ्य स्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय, डिभिजन वन कार्यालय लागायत बिषयगत कार्यालयहश्ररुका प्रमुखहरुलाई प्रभावकारी सेवाप्रवाह गर्न निदेर्शन दिएका हुन […]