ठाउँठाउँमा होडिङबोर्ड,घुम्ती मोडमा ट्राफिक चिन्ह

  ।   ३ माघ २०७८, सोमबार १९:२५

जुम्ला,माघ ३।
ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना प्रदान गर्न थालेको छ । सदरमुकाम खलंगा देखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने,घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो । अहिले कर्णाली राजमार्गको जुम्ला खण्डमा प्रत्येक दिन ट्राफिक प्रहरीले चेकजाँच गर्न थालेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारीचालकलाई कार्वाही मात्र गरेको छैन । उनीहरुलाई सवारी साधन चलाउदा अपनाउनु पर्ने नियमका बारेमा सचेत सिकाउने गरिएको छ । सवारी चालक अनुमति पत्र बोक्न,सवारीसाधनको बिलबुक लगायतका कागजात बोकेर हिड्न र कम गतिमा सवारीसाधन चलाउनको लागि सडकमै खटिएर ट्राफिक प्रहरी कार्यालय जुम्लाले सचेतना फैलाउदै आएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक बिमलकुमार रावतले जानकारी दिए ।
उनले भने,‘सडकमा तीब्र गतिले सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढेको छ । तीब्र गतिले सवारीसाधन नचलाउन र सवारीसाधनका कागजात लिएर यात्रा गर्नको लागि सुझाव दिइदै आएका छौँ । अटेर गर्ने सवारीचालकलाई कार्वाही समेत हुने गरेको छ । पछिल्लो समयमा ट्राफिक सचेतना फैलाउन थालेपछि सवारी दुर्घटना कम हुदै गएको छ । ’
जिल्लाको सदरमुकाम खलंगाका विभिन्न चौकमा ट्राफिक प्रहरी लाग्ने गरेको छ । कर्णाली राजमार्गको तातोपानी र तिला गाउँपालिका खण्डमा नियमित चेकजाँच गर्न थालिएको हो । तीब्र गति जीवनको क्षति,ढिलो गए अवश्य पुगिन्छ,छिटो गए भन्न सकिन्न, चालकहरुले ३० को गतिमा मात्र सवारीसाधन चलाउनु पर्छ भन्ने बारेमा सिकाउँदै आएको छ ।
पछिल्लो समयमा सदरमुकाम खलंगा क्षेत्रमा सवारी पार्किङ क्षेत्र तोकेर व्यवस्थित गर्न थालिएको उनले बताए । जुम्लामा सवारी दुर्घटना न्युनिकरणको लागि लभ ३० को अवधारणा अनुसार विभिन्न स्थानमा लभ ३० का होडिङ बोर्ड राखिएको छ । प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई र प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सवारी साधन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड दिएका छन ।
संयुक्त राष्ट्र संघका अनुसार विश्वमा प्रत्येक २४ सेकेण्डमा एक जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । बर्षमा १३ लाख मान्छे सवारी दुर्घटनामा परेर मर्छन । ५८ लाख मान्छे घाइते हुन्छन । २०३० सम्म नेपाललाई दुर्घटनामुक्त देश बनाउनको लागि ट्राफिक प्रहरी कार्यालयले सक्रियता देखाउदै आएको छ ।
प्रहरी सहायक निरीक्षक रावतले जुम्लामा सवारी चालक भेला गराएर,सडक आसपासका गाउँमा पुगेर र विभिन्न जनचेतनामुलक भिडियो देखाएर ट्राफिक नियमका बारेमा जनचेततना जगाउने कार्य चलिरहेको छ ।

Next Post

विपदबाट जोगिन नेपाली सेनाको डेमोस्ट्रेसन

३ माघ २०७८, सोमबार १९:२५
पछिल्लो समयमा विपदबाट जोगिनको लागि नेपाली सेनाले समुदायस्तरमै सचेतना फैलाउन थालेको छ। सेनाले प्रदर्शनी गरेर,प्रशिक्षण दिएर र समुदायसंग भेटघाट गरेर विपदबाट जोगिनको लागि अपनाउनु पर्ने विषयका बारेमा जानकारी दिन थालेको हो। समुदायका व्यक्तिलाई विपद प्रतिकार्य गर्न समक्ष बनाउने हेतुले सेनाले सचेतनामुलक क्रियाकलाप गर्न थालेको नन्दावक्स गणका गणपति रविन थापाले जानकारी […]