जनयुद्ध दिवस मनाउन पुर्वमन्त्री भण्डारी जुम्लामा

  ।   १ फाल्गुन २०७८, आईतवार ०७:२०

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जनयुद्ध दिवस मनाउन जुम्ला पुगेका छन । उनले चन्दननाथ नगरपालिका भण्डारीबाडा गाउँमा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्याणपण गरेर जनयुद्ध दिवस मनाउने भएका हुन । सहिद परिवार र स्थानीय बासिन्दा संग जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका अध्यक्ष तुलराज गिरीले जानकारी दिए ।
उनका अनुसार भण्डारीबाडामा रहेको सहिदहरुको शालिकमा माल्याणपण गरेर सदरमुकाम खलंगामा शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष गिरीले भने,‘मन्त्री ज्यु,जनयुद्ध दिवस मनाउन जुम्ला आइपुग्नु भएको छ । सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम पनि जाडेका छौँ । ’
चन्दननाथ नगरपालिकामा १७ जना सहिद परिवार छन ।
एक साता जुम्ला बस्ने गरेर आएका मन्त्री भण्डारीले जुम्लामा रहँदा सिँजा क्षेत्रमा पुगेर सिँजा सभ्यता विधेयकका बारेमा स्थानीय सरकार संग छलफल गर्नेछ । हिमा,सिँजा र कनकासुन्दरी गाउँपालिकामा पुगेर उनीहरुको राय,सुझाव लिईने मन्त्री भण्डारीले बताए ।
सिँजाबाट फर्केपछि फागुन तीन गते कर्णाली प्रदेश सभामा टेबुल भएर समितिमा गइसकेको उच्च प्रर्वतीय विश्वविद्यालय स्थापनार्थ बनेको विधेयक बारेमा सुझाव संकलन कार्यक्रम राखिएको छ । यो संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या र समाधान बिषय अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
कर्णाली प्रदेशसभा सांसद भण्डारीको यो पटकको जुम्ला भ्रमण उपलब्धिमुलक बन्ने जनाइएको छ । जनयुद्ध दिवस यहाँका एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा भव्य रुपमा मनाउने तयारी भइरहेको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।

Next Post

जुम्लामा उल्लासमय २७ औँ जनयुद्ध दिवस

१ फाल्गुन २०७८, आईतवार ०७:२०
उमेश बुढा जुम्ला,फागुन १। जुम्लामा २७ औँ जनयुद्धको बर्षगाँठ उल्लासमय रुपमा मनाइएको छ । जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिकामा पर्वका रुपमा जनयुद्ध दिवस मनाइएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य,कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारी र जिल्ला समन्वय समितिका संयोजक बीरवहादुर कुँवरले जुम्ला सदरमुकाम खलंगामा रहेको सहिदहरुको शालिकमा […]

सम्बन्धित