प्रजातन्त्र दिवसमा तातोपानीको डुठाचौरमा बृक्षारोपण

  ।   ७ फाल्गुन २०७९, आईतवार ११:३५

जुम्ला, ७३ औं प्रजातन्त्र दिवसका अवसरमा जुम्ला तातोपानी ५ को डुठाचौरमा बृक्षारोपण गरिएको छ । डुठाचौरमा स्याउ,ओखर,धुपी,सल्लो र देवद्यारको विरुवा रोपिएको हो । डिभिजन बन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले धुपीको १०,सल्लोका २० र देवद्यारको २० विरुवा रोपिएको बताए ।
स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले स्याउको एक सय र ओखरको १० वटा विरुवा रोपिएको जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा बनजंगल विनास हुने क्रम बढेकोले जलवायुमा हलचल आएको भन्दै बृक्षारोपण गरेर जंगल जोगाउने सन्देश छर्न थालिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत, हिमा गाउ‘पालिका अध्यक्ष लक्ष्मणबहादुर शाही,तातोपानीका नन्दप्रसाद चौलागाई प्रमुख जिल्ला अधिकारी मुकेश केसरी,नेपाली सेनाका गणपति रविन थापा लगायतको टोली विरुवा रोप्न डुठाचौर पुगेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रजातन्त्र दिवसमा विरुवा रोपेर जंगल संरक्षणको सन्देश प्रवाह गर्नु राम्रो भएको बताए । सशस्त्र प्रहरीका एसपी चेतराज जोशीले सबै मिलेर विरुवा संरक्षणमा जोड दिनुपर्ने बताए । उनका अनुसार बृक्षारोपण गरिएको स्थानमा सशस्त्र प्रहरीको क्याम्पस बस्दैछ । जसको लागि भौतिक संरचना निर्माण निर्माणको काम सुरु भएको छ ।
विरुवाको संरक्षण,सिचाइ र मलखाद्यको व्यवस्थापन पनि सशस्त्र प्रहरीले नै गर्नेछ ।

Next Post

दैलेखको राकममा सय बेडको अस्पताल बन्ने

७ फाल्गुन २०७९, आईतवार ११:३५
दैलेख जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । चार बर्ष अघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो । सम्झौतामा राकमकर्णालीमा एक सय शैयाको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ […]

सम्बन्धित