नसीमलाई बाहिर राख्दै पाकिस्तानद्वारा विश्वकप क्रिकेट टिमको घोषणा

  ।   ५ आश्विन २०८०, शुक्रबार २१:३७

विश्वकप क्रिकेटका लागि पाकिस्तानले अन्तिम टोलीको घोषणा गरेको छ। आगामी अक्टुबर ५ तारिखबाट भारतका विभिन्न सहरमा हुने विश्वकप क्रिकेटका लागि पाकिस्तानले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विश्वकप क्रिकेटका लागि बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। नयाँ घोषित टोलीमा चोट लागेका नसीम शाहलाई हटाएर हसन अलीलाई स्थान दिइएको छ।

पाकिस्तानी टोलीमा कप्तान बाबरसहित शादाब खÞान (उप–कप्तान), अब्दुल्लाह शफीक, फखर जमान, हारिस राउफ, हसन अली, इफ्तिखार अहमद, इमाम–उल–हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेट कीपर), मोहम्मद वसीम, सलमान अली आगा, सऊद शकील, शाहीन शाह आफरीदी, ओसामा मीर रहेका छन्।

विश्वकप क्रिकेटमा पाकिस्तानले ६ अक्टुबरमा आफ्नो पहिलो म्याच नेदरल्यान्ड्रसविरुद्ध खेल्नेछ।

Next Post

राहत शिक्षकले आन्दोलन जारी राख्ने

५ आश्विन २०८०, शुक्रबार २१:३७
तीन दिनदेखि राजधानीलाई अस्तव्यस्त बनाइरहेका शिक्षक सरकारसँग सहमति गरी विद्यालय फर्किएका छन्। स्थानीय तहमातहत नबस्ने भन्दै सडक आन्दोलनमा उत्रिएको तेस्रो दिन शुक्रबार सरकार र शिक्षक महासंघबिच ६ बुँदे सहमतिसँगै उनीहरू फर्किएका हुन्। स्थानीय तहलाई शिक्षकको व्यवस्थापन, रेखदेख र नियमनको एकल अधिकार दिँदा जनप्रतिनिधिबाट मनोमानी हुने ठहर गर्दै शिक्षकहरू काठमाडौं केन्द्रित […]

सम्बन्धित