नेपाल बन्द कि वुद्धि बन्द ?

  ।   १० माघ २०७७, शनिबार २०:२०
महेश नेपाली
पुष माघको कठ्याङ्ग्रिदो जाडोमा पनि देश तातिरहेको छ । अझ भनौं माग आठले तताइरहेको छ देशलाई । दलहरु आ आफ्ना घोषणापत्र अनुसार संविधान बनाउने अड्डि कसिरहेका छन् । एमाले काँग्रेसको स्वार्थ मिल्छ । उनिहरुको नितिमा कुनै तात्विक भिन्नता छैन त्यसैले प्रक्रियाको कुरा गरिरहेका छन् । भागबण्डामा सामेल हुन नपाएका र दुनो नसोझिएकाहरु सडकमा छन् । आ आफ्नो स्वार्थको कारण माघ ८ मिति संकटमा पर्दैछ । नेमकिपा देशभक्ति र समाजबादको प्रचारमा व्यस्त छ । जनताको आशा चरम निराशामा बदलिने सम्भावना प्रचुर बन्दैछ । कस्का कति स्वार्थ छन् थोरै समिक्षा गरौँ । चुनाव विहिस्कार गरेको वैद्य माओवादि फुटर तीन (विप्लप वैद्य र शर्मा ) भएको छ । यो विचमा वैद्य माओवादिले चरण बद्ध नेपाल बन्दको आयोजना ग¥र्यो । संम्विधान बन्न नदिने भन्दै । सारमा छुट्टिएको विप्लप समुहभन्दा आफुलाई बड्ता क्रान्तिकारी देखाउन गरिएको बाहेक केहि नभएको प्रष्ट छ । यो त अनुभुति मात्र हो । केहि केहि समय अगाडि पंतिकारलाई नेपालगंजदेखि जुम्ला हिँडदाको अनुभब छ । पंतिकारका विचारहरु साझा छलफलकालागि खुला छन् । एमाओवादि सदनमा छ । स्वार्थ पुरा नभए बार्गि्निङका लागि घुर्कि लगाउने ३० दलिय मोर्चा छ । सडकमा माओवादिका केहि नबुजेका कार्यकर्ता छन् ।
२७ गते साँझ नेपालगंज र सुर्खेतबाट जुम्ला कालिकोटको लागि हिँडेका चारवटा बस लहरै २८ गते विहान ८ बजे दैलेखको तल्लो ढुंगेस्वर पुगे । सबैभन्दा पछिल्ले १३१० नं को गाडिमा हामि थियौं । सबै गाडि रोकिए । यात्रुहरु धमाधम बसबाट ओर्लिन थाले । चिया खानको लागि हो कि भनेर हामिपनि ओर्लियौं । अलि अगाडि मान्छेको थुप्रो भिड देखियो । मन अडिएन भिडतिरै हानियौं हामि । भिडमा प्रायले गुनासो पोखिरहेका थिए । पिडा मिश्रित आवाज बढि सुनियो । खान बस्नको समस्या हुन्छ । हामि आलपत्र पड्छौं भन्ने जस्ता । यात्रामा सिमित खर्च बोक्नेहरुनै धेरै हुन्छन् । कितिले हामिलाई खान बस्नको व्यवस्ता तपाइहरुले नै गरिदिनुस नभए हामिलाई छोडिदिनुस जस्ता वाक्य प्रयोग गरिरहेका थिए । यात्रुहरुसँग मुखामुख गरिरहेका दुइजना उमेरले अधवैँसे पुरुष थिए । दुवै कालो वर्णका । एउटा अलि हर्ताकर्ता थिए । सायद उमेरले ३० ननागेका हँदाहुन । मोटो शरिरका डरलाग्दा थिए । उनि रिसाएर बोलिरहेका थिए । के को खाना जानुस सरकारसँग माग्नुस । सित्तैमा खानेबस्ने कुरा संविधानमा लेख्ने हो । त्यसैको लागि बन्द हो । यति भनेर चुपचाप हिडिहाले । प्रतिवाद गर्ने आँट कसैसँग थिएन । बल्ल खुलासा भो भिडभाडको रहस्य बन्दमा परेको । बन्द एमाओवादी नेतृत्वको ३० दलिलाए मोर्चाको रहेछ । अर्का बन्दकर्ता भने भिडमै थिए ।
हामि बिस्तारै अघि सर्यौ । उनिभने अलि लचिला जस्ता देखिन्थे । बन्दको तालिका माग्यौं । अपिल वा पर्चा त्यस्तो केहि छ भने दिनुस । अल्मलिने बाटो बन्छ । तपाइहरु नछोड्ने भैहाल्नु भो । अलि ठट्यौलि पारामा बोल्यौं हामि । उनि भने नर्भस भए । हतपत बोले त्यस्तो त केहि छैन सर । अब भने अलि सजिलो भएको थियो बोल्न । कमजोरी तुरन्त भेटियो । बन्दको उद्दश्य त चाहियो नि त्यसै मान्छेलाई दुख दीने ? यस्तो पनि हुन्छ काँही ? हामिले के भनेर चित्त बुझाउने ? कस्को स्वार्थ पुरा हुँदैछ यो बन्दले ? बोल्न बल पुगिरहेको थियो प्रश्नहरुले । उनि थामथुम पार्न चाहान्थे । चुप लाग्ने चान्स थिएन । हतारमा ल्याप्टपमा छ लिएर आँउछु यति भनेर हिँडिहाले । उनको लाचारीपन देख्दा दया लाग्यो । कठै माओवादि कार्यकर्ता भन्ने भान भयो । अलिकति बचेको साख पनि गुमाउँदैछन् जस्तो भयो । यात्रुहरुमा दिकदारी प्रष्ट देखिन्थ्यो । गुनासो पोख्ने आ आफ्नै साना साना समुह बन्दै थिए । एउटा समुहमा लगभग ७० जतिका वृद्ध भएपनि हर्ताकर्ता जस्ता । लामो समय इन्डियामा बसेका जस्ता थिए । बोलिमा हिन्दि लवज मिसिएको थियो । नेपाली बोलेपनि हिन्दि बोलेजस्तो । भनिरहेका थिए ूबहुत दुख् दिएछन् मान्छेहरुलाई । कै वार नेपालगञ्ज सुर्खेत से सामान बोकेर राकम पुगेछम । अब् तो बुढो भएर यस्तो भैराखेछन । ू
यस्तैमा आवेश पोखिरहेका थिए । यो एक प्रतिनिधि आवाज मात्र हो । यस्ता थुप्रै समुह थिए जो कमैले मात्र आवेश नपोखेका हुँदाहुन । प्रायाले प्रचण्डलाई नै गालि गरिरहेका थिए । तेह्र हजार मान्छेको रगत खाएर पुगेन अझ कतिको ज्यान खाने विचार होला त्यस्को ? यस्तै यस्तैमा डेड दुई घण्टा वितिसकेको थियो । बन्दमा परिएको । केहि समयको अन्तरालमा अघि बन्दको सेडुल ल्याप्टपबाट लिन गएका बन्दकर्ता आइपुगेका थिए । एउटा होटेलको अगाडि लहरै चारपाँच वटा कुर्सी र बेन्च थिए उनि त्यहिको एउटा कुर्सिमा बसे । सबैले उनलाई घेरे । उनलाई सजिलो भएछ क्यारे पार्टि प्रचार गर्न थाले । सायद उनलाई एउटा गतिलो मञ्च भएको थियो त्यो भेला । हामि नजिकै थियौं । उनले मुस्कुराउँदै बस्न इसारा गरे । तर उनको हातमा सेडुवल थिएन । हामि लुसुक्क बसिहाल्यौं । हाम्रो एउटै प्रश्न थियो बन्द कतिवेला खुल्छ ? जवाफ आयो चार बजे । अब भने प्रश्नको संख्या नथपि सुखै भएन । बन्दको उद्देश्य के हो ?जनताको संविधान बनाउन । जनताको संविधान कस्तो हुन्छ । उत्पिडित भुमि , जात भाषा , धर्म आदिको प्रतिनिधित्व संविधानमा ग्यारेन्टि हुनुपर्छ । उत्पिडित भुमिको अर्थ के ? पहिचान र सामार्थ्यको आधारमा संघिएता निर्माण गर्ने । त्यसोभए पहिचान र सामार्थ्य भनेको के छोटोमा भन्दिनुस् ?
जुन प्रदेशमा जुन जातको बाहुल्यता छ त्यसैलाई अग्राधिकार दिने भनेको पहिचान हो । तर लगत्तै उनले लाचारी प्रकट गरिहाले सामार्थ्यको खास अर्थ भने मलाई थाहा भएन । मैले अनुरोध गरें उनले मलाईनै भने हजुर नै भन्दिनुस न मैले अनुरोध गरे सर । वरिपरिका मान्छे गललल्ल हाँसे । सबैलाई नहाँस्न अनुरोध गर्दै हामि बोल्यौ देशको वर्तमान परिस्थिति र नयाँ संविधानको बारेमा । पछिल्लो समयमा चर्चित शब्द पहिचान र सामार्थ्यको बारेमा । यतिन्जेल हाम्रो परिचय भयो । नयराम थापा रहेछ उनको नाम । एमाओवादी दैलेखको जिल्ला समितिमा कार्यरत । हामिले विश्वविद्यालयका विद्यार्र्थी भनि परिचय दियौं । राजनितिमा पनि चासो भएको । संघिय राज्य निर्माणको आधार जात जाति भाषा या धर्म पनि हुन्छ । यसलाई छोटोमा पहिचान भनिन्छ । तर शब्दमा उच्चारण गर्न जति सजिलो छ । व्यवहारमा पहिचान सहितको संघिएता निर्माण गर्न त्यति कठिन छ । र निर्माण पछिको अवस्था झन् खतरनाक हुन्छ । जातिय आधारमा संघिएता निर्माण गरिएको पुर्व सोवियत संघ आज १५, १६ टुक्रामा विमाजित छ । युगोस्लाभाकिया भन्ने देश ६ टुक्रामा विभाजित भयो । आज सिआईए का एजेन्टहरुले त्यहाँ जातिय विद्बेश अमेरीकी उक्साहटमा भएको हो । भनि खुलाई दिएका छन् चेकोस्लाभाकिया दुई टुक्रामा विभाजित भयो । बेल्जियममा तिनवटा राज्य छन् । तर एक राज्यले अर्र्को राज्यको अस्तित्व स्विकार गर्दैनन् ।् एउटा अस्पतालमा तिन फरक जातका छुट्टाछुट्टै प्रशासन छन् । भारतबाट पाकिस्थान धर्मको कारण छुटेको हो भने पाकिस्थानबाट बंगलादेश भाषाको अधारमा । नेपालमा १२५ जाती जातजाति बसोबास गर्छन् । १२३ प्रकारको भाषा बोलिन्छ भनै , १०।११ वटा धर्म मान्ने अलगअलग समुदायको बसोवास छ । ति सबैले अलग राज्यको माग गरेमा देशको हालत के होला ? स्विजरल्याण्ड सफलताको उदाहरण दिनेहरुपनि थुप्रै छन् तर स्विसहरुको ३०० वर्ष पुरानो अनुभव छ । तर नेपालको आफ्नै इतिहास सँस्कृतीक स्तर र उत्पादन प्रणाली तथा श्रोतहरुको अवस्थीति छ , सामाथ्र्य भनेको देशको कुनै निश्चित क्षेत्रका जनताहरुको उत्पादन प्रणाली , प्रविधिको प्रयोग श्रोतको अवस्थीति आदि पर्दछन् भने पहिचान अन्तरगत भाषा , धर्म , सँस्कृति साझा मनोविज्ञान र साझा मिथक आदि कुराहरु पर्दछन् । जस्तै नेपाल बुद्ध जन्मेको देश हो । संसारको सबैभन्दा अग्लो हिमाल नेपालमै छ । ८३ हजार मेगावाट विद्युत क्षेमता भएका ६ हजारबढि नदिनाला भएको तथा विश्व समुदायलाई १० प्रतिशत स्वच्छ पानी आपूर्ति गर्न सक्ने क्षमता भएको देश नेपाल हो । मेचिदेखि महाकालिसम्म चुरेपर्वतमा चुन भएको देश नेपाल हो । असंख्य जडिबुडि, घना जंगल र छिमेकि देशलाई ढुँङ्गा निर्यात गर्न सकिने प्रचुर सम्भावनाको देश नेपाल हो । संसारमा निर्यात भएको सस्तो मानव संसाधन नेपालमा छ । तर यी कुराहरु नेपालका कुनै क्षेत्रमा वढि र कुैन क्षेत्रमा एकदमै नभएको हुँदै होइन । यदि हिमाल पहाड, तराई नछुट्याउने हो भने । यि सबैको समानुपातिक वितरण गरि संघिएता निर्माण गर्नु समार्थ्य हो । अब पहिचान र सामार्थ्य दुवैको आधारमा संघ राज्य बनाएमा त्यो खिचडि संघिएता हुन्छ । यसले दिर्घकालमा अस्थिरताबाहेक केहि नापिदैन । युवा बेरोजगारी घटेको छैन् । विदेशिने युवाको संख्या दैनिक बढ्नुले अव देश क्रमश वृद्ब असाहय र बालबालिकाको मात्र हुँदैछ । यसबाट कस्तो परिवर्तन होला ?
उत्पादनका साधनहरुमा मुट्ठिभर व्यक्तिहरुको स्वामित्व छ । सार्वजनिक संस्थानहरु धरासयी हुँदैछन् । विश्वविद्यालय र कलेजहरु स्वदेशभित्रै विस्थापनको स्तितिमा छन् । एकातिर दिनको अठार घण्टा लेटसेटिङ हुन्छ । अर्काति अठार घण्टा काम गर्ने महिला छन् । शहरमा महिलाहरु देह व्यापार गर्न ्बाध्य छन् । बलात्कारका घटना बढिरहेका छन् । यि समस्याको सम्बोधनको माग गरि बन्द गरिएको खै ? जनताको संविधानमा यि कुरा किन छुटे ? कस्को प्रायोजनमा नेपाली भड्काइदैछ ? उनि नतमस्तक थिए । हामिले फेरि थप्यौं । संविधान सभाबाट नयाँ संविधान बोलिमा जति सजिलो छ त्यो भन्दा कयौं गुणा संविधान निर्माण गर्न कठिन छ । दक्षिण अफ्रिकामा १२ वर्ष लगाएर संविधान बन्यो । फ्रान्समा १० वर्षको अवधिमा ३ वटा संविधान बने । तर ती सबै जनताको हितमा भएनन् । अव भन्नुस संविधान जनताको पक्षमा बनाउने वा विदेशिको हितमा ? उनि चुपचाप थिए । वरिपरिका मान्छेहरु सास फेरेको सुनिन्थ्यो । केहि समयपछि उनि बोले अब के गरौं त सर ? बन्द खुलाउनुपर्यो । त्यसोभए हामि बैठक बस्छौं । तपाइहरु एकछिन कुर्नुस हामि छिट्टै जवाफ दिन्छौं । उनि गए । सबैजनाले हामिलाई ठिक गर्नुभो भने । ति मध्य दुईजना अछामका मान्छे भने औदि खुसि भए । सरलाई खानाको व्यवस्था हामि गर्छौ भने । सबैले सँगै खाना खायौं । करिब साडे एक घण्टापछि । उनिहरु आए । आँउदा एउटा निजि विद्यालयका विद्यार्र्थीहरु साथमा लिएर आएका थिए । यो अत्ति चित्त दुखाईको विषय थियो । बन्द अवधिभरी भोगेको कष्टभन्दा बढि । हामिले आलोचना गर्यौं । उनिहरुले सस्तो जवाफ दिए । बन्दमा सबै बन्द हुन्छ । लगत्तै पौने दुई बजेति र एउटा कोण सभा गरी बन्द खुलाइदिए । निर्धारीत समयभन्दा अगाडि बन्द त खुलाए तर विद्यार्थिको पढाई भने निर्धारीत समयभन्दा अगाडि नै बन्द गराइदिए । पंतिकार मनमनै सोच्दै थियो एक दिन विद्यालय बन्द भयो भने विद्यार्र्र्थी र अविभावकलाई कति नोक्सान हुन्छ र संचालकले कति नाफा कमाउँछन भन्ने कुरा । रुपन्देहिमा एउटा होराइजन बोडिङ् स्कुल छ । विद्यार्थी ओसारपसार गर्ने उसका आठ दशवटा गाडि छन् । एक दिन बन्द भयोभने गाडिको लागि तेल खरिद गर्ने एकलाख रकम बच्छ । यस्ले फाइदा कस्लाई हुन्छ ? यसको लेखा किन राखिएन ? जवाफ सजिलो छ तर उत्तर दिन खोजिदैन । यति सोच्दै गर्दा हामि बसको सिटमा थियौं । गाडि बिस्तारै अगि बड्यो डुगंश्वरलाई छोड्दै ।

Next Post

केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउने निर्णय

१० माघ २०७७, शनिबार २०:२०
नेकपा प्रचण्ड – माधव समुहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । आइतवार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको हो । यस अघि प्रचण्ड – माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपामा विभाजन […]