जुम्लाको गोठीगाउँमा भिषण आगलागी,क्षतिको विवरण आउन बाँकी

  ।   १३ माघ २०७७, मंगलवार २२:०४

जुम्लाको तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा भिषण आगलागी भएको छ । आगलागीमा मानवीय क्षेति नभएको स्थानीय बताउँछन् । पोखरीका परबहादुर रोकायाका अनुसार आगालागीबाट ३० ÷३५ घर जलेर नष्ट भएका छन ।
आगो निभाउनको लागि पानी नहुँदा आगो नियन्त्रणमा लिन नसकेको उनले बताए । गाउँमा रहेका ५५ प्रतिशत घर जलेका छन्, उनले भने,‘गाउँले आगो नियन्त्रण गर्न प्रयासरत भएपनि सकिएको छैन् । ’
गाउँमा एक खानेपानीको धारा छ । त्यसले आगो निभ्याउन सकिएको छन् । उनले भने,‘ आगो निभाउन न पानी भयो, नत कुनै माध्यम नै उनले थपे,‘आगो लागिरहेका घर टुलुटुलु हेरिरहनुको विकल्प रहेन् । ’
आगालागी भएको जानकारी पाउने वित्तिकै जिल्ला प्रशासन कार्यालय जुम्लाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ खटाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने,‘भौगोलिक रुपमा निकै कठिन भएकोले समयमै पुग्न सकेको अवस्था छैन् । तै पनि प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । ’
जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधव काफ्लेले रारा प्रहरीचौकीको टोली घटनास्थलमा पुगिसकेको बताए । सदरमुकाम खलंगा देखि झण्डै एक दिन लाग्ने गोठीमा आगलागी हुदा समयमै खबर सम्म पुग्न सकेको थिएन । आगो कसरी लाग्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

Next Post

आगोले जल्यो गोठीगाउँ, तीन करोडको क्षति

१३ माघ २०७७, मंगलवार २२:०४
जुम्ला तिला गाउँपालिका ७ गोठी गाउँ आगोले जलेर नष्ट भएको छ । गाउँका ३२ घर आगो लागेर जलेका हुन् । तर मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । स्थानीय बरब रोकायाको घरमा खाना पकाउने क्रममा सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । गाउँमा प्रायप्त पानीको पहुँच […]