विप्लव सरकारसँग वार्ता गर्न तयार

  ।   ८ फाल्गुन २०७७, शनिबार १६:४५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ। पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन्।

‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं,’ विज्ञप्तिमा भनिएको छ।

Next Post

गाउँमा सेनाको विशेषज्ञ स्वास्थ्य सेवा,स्थानीय उत्साहित

८ फाल्गुन २०७७, शनिबार १६:४५
जुम्लाको गुठिचौर गाउँपालिका ३ गज्र्यांकोटमा नेपाली सेनाले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ । नेपाली सेनाको जुम्ला स्थित श्री नम्बर २४ बाहिनीअड्डा, नन्दबक्स गण,र श्री २४ नम्बर फि.ए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो । स्त्री रोग र जनरल मेडिसिन तर्फको सेवा दिइएको नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले […]