भ्रममा नपर्नुस,प्रमुख उपप्रमुख बीच विवाद छैन : नगरप्रमुख सेजुवाल

  ।   १७ श्रावण २०७८, आईतवार ११:१०

गोल्डेन बुढा,

जुम्लाको चन्ददनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले प्रमुख उपप्रमुख बीच कुनै विवाद नभएको स्पष्ट पारेकी छिन् । उनले संस्थागत रुपमा केही मतमतान्तर रहेपछि व्यक्तिगत रुपमा कुनै विवाद नभएको बताएकी हुन् । आइतबार विहान पत्रकार भेटघाटका क्रममा नगरप्रमुख सेजुवालले प्रमुख÷उपप्रमुखका आ आफ्नै जिम्मेवारी भएकोले विवाद गर्नु पर्ने कुनै कारण नभएको बताइन् ।
नगरपालिका संस्कार र सभ्यता देखाउने् ठाउँ हो । हामी बीचमा कुनै किचलो छैन । म लटपटिएको पनि छैन । उनले भनिन्,‘कहाँबाट के आउँछ त्यो मलाइ पनि थाहा छैन ।’ उनले कार्यकालको अन्तिम चरणमा सम्पति विवरण सार्वजनिक गरेर सबै भ्रम चिर्ने बताइन ।
सबै मिलेर इतिहास रच्ने कुरा गरौँ । सामान्य विवादित बिषयमा सहमति र छलफलका माध्यमबाट अघि बढेर काम गरौँ भन्ने चाहना छ । नगरप्रमुख सेजुवालले भनिन्,‘संस्थागत रुपमा देखिएका मतमतान्तरका बिषयमा नगरकार्यपालिका र सभा मार्फत हल गर्न सकिन्छ । मेरो स्तरबाट कुनै विवाद देख्दैन् । कहाँ विवाद छ । छलफल गरौँ । समाधानको उपाय निकालौ । यही चाहन्छु ।’ नगरपालिकामा उठेको बिषय संस्थागत र नीतिगत भएको बताउँदै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैको एकता र हातेमालो गरेर अघि बढ्नु पर्ने अवस्था रहेको बताइन ।
नगरप्रमुख सेजुवालले प्रमुख÷उपप्रमुखबीचको विवादका बिषयमा सत्यतथ्य बुझेर मात्र समाचार संकलन गर्न पत्रकारलाई आग्रह गरिन । उनले कसैको मुखपत्र नबन्न समेत सुझाव दिइन ।
बजेट र नीति कार्यक्रम पारीत भइसक्यो
नगरप्रमुख सेजुवालले बजेट नीति कार्यक्रम असार ३१ गते पारीत भइसकेको बताइन् । उनले बजेटका लागि विशेष नगरसभा बस्न नसकिने भन्दै बहुमतले पारीत गरेको बजेट सबैको लागि मान्य हुनेमा जोड दिइन् ।उनले भनिन्,‘नगरसभाको लागि गत असार महिना ३ गते नगर कार्यपालिकाको बैठक बस्यो । १० गते बजेट अधिवेशनको तयारी गर्ने निर्णय गर्यो । केही नगरसभाका सदस्य अनुपस्थित रहे । तर बहुमत सदस्य उपस्थित नै थिए ।’
‘पहिले सहमति गर्ने, सहमति जुट्न नसके बहुमतको आधारमा नभए एक चौथाइ सदस्यले पनि बजेट पारीत गर्ने व्यवस्था छ । यो बजेट प्रस्तुत र पारीत गर्ने प्रक्रिया थियो । यही प्रक्रिया अवलम्बन गरियो’, उनले थपिन। नगरसभामा कुल ५३ जना सदस्य हुन । जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । दुइ जना जिल्ला समन्वय समितिमा गइसकेका छन । बाँकी ५२ जना सदस्य रहेकोमा २९ जना सहभागि भएर बजेट पारीत भएको हो ।
नगरपालिका विज्नेश विहिन बनेको छ । गत बर्ष भन्दा बजेट घटेर आएको छ । अनुदानमा एक करोड कम बजेट आएको छ । शिक्षामा ३ करोड बजेट घटेको छ । गत बर्ष सम्झौता भएर सञ्चालनमा रहेको संरचना अलपत्र छन ।
संघीय र प्रदेश सरकारले राजश्वको बजेट पठाउन सकेको छैन ।उनले यो बर्षको बजेट विद्युत र सडक तिर केन्द्रीत गरेको बताइन । उनले जुगाडखोला र ठिन्के जलविद्युतमा नगरपालिकाले लगानी गरेको बताइन । जसका कारण ६० किलोवाट विद्युत अस्पतालमा दिइएको छ ।
व्यक्ति विशेषले नगरपालिका चल्दैन
चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले व्यक्ति विशेषले नगरपालिका नचल्ने बताए । उनले भने,‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनले नगरपालिका चल्ने हो । यहाँ व्यक्तिले चलाउन मिल्दैन ।’
उनले प्रमुख उपप्रमुखलाई ६०÷४० को भागवण्डाका आधारमा बजेट दिदा समस्या भएको बताए । उनले भने,‘त्यो नगरप्रमुख र उप्रमुखको आफ्नो व्यक्तिगत रकम हुदैन् । तर उनीहरुले छानेका योजना नगरकार्यपालिकामा पेश गरेर पारीत भएपछि मात्र सञ्चालन गर्ने हो । ’
निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले संस्थागत जिम्मेवारी निर्वाह नगर्न सक्दाको परिणाम भोगिरहेको बताए । उनले मन्त्रालयबाट आउने प्रमुख प्रशासकीय अधिकृतको फेरबदलका कारण पनि सार्वजनिक सुनुवाइ गर्न नसकेको बताए ।उनले भनिन्,‘हाकिम आथिर्क बर्षको अन्तिम तिर आउँछन । आर्थिक बर्ष सकिने वित्तिकै गइहाल्छन । यो समस्याले सार्वजनिक सुनुवाइ हुन सक्दैन ।तर सार्वजनिक सुनुवाइ गर्न कुनै समस्या र्छैन । उनले भने,’‘जिम्मेवार व्यक्तिको फेरबदलका कारण समस्या आएको छ । ’
यो पटक प्रमुख प्रशासकीय अधिकृतबाट राजीनामा दिएर फकिएका छन । तर स्वीकृत भएको छैन । जसका कारण नयाँ व्यक्तिलाई जिम्मेवारी दिन पनि कठिन छ ।

Next Post

राष्ट्रिय विद्युत प्रसारणलाइनले झलमल्ल बन्दै जुम्ला

१७ श्रावण २०७८, आईतवार ११:१०
जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । आइतबार विहान १० बजेर ५५ मिनेट देखि जुम्ला राष्ट्रिय प्रसारण लाइन संग जोडिएको हो । यो संगै जिल्ला सदरमुकाम खलंगाका झण्डै दुई हजार बढि ग्राहकले एकैसाथ बिजुली बाल्न पाएका हुन । यसअघि साना जलविद्युत आयोजनाको घुघुत्तीबाट निकालिएको बिजुली १५ घण्टा लोडसेडिङ बेहोरेर […]