लक्ष्मीकन्या बुढाको लेख संग्रह ‘मुक्ति अभियान’ सार्वजनिक

  ।   २८ पुष २०७७, मंगलवार २०:२४

सशस्त्र द्वन्द्वका क्रममा १३ वर्षको उमेरमा भूमिगत भएकी लक्ष्मीकन्या बुढाको लेख संग्रह ‘मुक्ति अभियान’ विमोचन भएको छ। मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच नेकपा नेतृ पम्फा भुसालले उक्त पुस्तकको विमोचन गरेकी हुन्।

जुम्लाको गोठीचौर गाउँपालिकामा जन्मिएकी ३२ वर्षीय लक्ष्मीकन्याले आफ्नो तेस्रो कृतिका रूपमा ‘मुक्ति अभियान’ ल्याएकी हुन्। पुस्तकमा महिलामाथि हुने उत्पीडन, शोषण, दमनजस्ता विषयमा लेखिएका १४ वटा लेख राखिएका छन्। उनले पुस्तकमा नेपाली समाजमा महिलाहरुले भाग्नुपरेका समस्यालाई उजागार गर्ने प्रयास गरेकी छन्।

यसअघि उनले ‘कर्णालीमा महिला’ भाग १ र भाग २ गरी दुई पुस्तक बजारमा ल्याएकी थिइन्।

Next Post

मुद्दा अदालतमा, सरकार निर्वाचन तयारीमा

२८ पुष २०७७, मंगलवार २०:२४
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकार भने निर्वाचन तयारीमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह र अर्थ मन्त्रालयले पनि मातहतका कार्यालयलाई तयारीमा लाग्न अह्राएका छन्। निर्वाचन आयोग पनि निर्वाचन तयारीमा जुटेको छ। नेकपा दाहाल–नेपाल समूहले अदालतको फैसला नआउँदासम्म निर्वाचन […]

सम्बन्धित