गाउँका सिंहदरबारमा रहेका न्यायिक समिति प्रभावहिन

  ।   २५ मंसिर २०७८, शनिबार १८:२९

गोल्डेन बुढा,

न्याय निरुपणका लागि स्थानीयतहमा न्यायिक समितिको व्यवस्था भएपनि न्याय सम्पादन प्रभावकारी हुन सकेको छैन । जसका कारण अधिकांस सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिनेगर्छन । जनप्रतिनिधि राजनीतिक पेरीफेरीबाट आएकोले न्याय नपाउने स्थानीय बताउँछन । प्रहरीले नै न्याय दिलाउँछ भन्ने मान्यता अहिले सम्म कायमै छ । जिल्लामा एक नगरपालिका सहित ७ गाउँपालिका छन । सबै स्थानीयतहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ । तर न्यायिक समिति प्रति नागरिकको भरोसा छैन ।
जिल्लाको गुठिचौर गाउँपालिकामा अहिले सम्म ५९ उजुरी परे । गत आर्थिक बर्षमा ४१ उजरी परेकोमा यो बर्ष १८ उजुरी परेका छन । यी सबै घरेलुहिंसा, झै झगडा र कुटपिटका उजुरी हुन । यी उजुरी हेर्न स्थानीयतहमा न्यायिक समिति छ । तर न्यायिक समितिको विश्वास नमानेर प्रहरीको उजुरी दिन जाने गरिएको छ । प्रहरीचौकी झारज्वालाका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठले सबैभन्दा बढि पतिपत्नी बीचमा हुने विवादका उजुरी आइराखेको बताए ।
उनले प्रहरीचौकीमा समाधान गर्न सकिने उजुरी उपर चौकीमै कार्वाही हुने र जटिल खालका उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लामा पठाउने गरेको जानकारी दिए । महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरू बाहिर आउन थालेका छन,उनले भने,‘ उजुरी दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । तर,त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन् । पहिले झनै धेरै घटना हुन्थे, बाहिर आउन नसकेर मात्रै हो । अहिले घटनाहरू खुलेर आउन थालेका हुन् ।’
गुठिचौर गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक जानदेबी ऐडी न्यायिक समितिमा उजुरी निकै कम पर्ने गरेको बताउँछिन , उनले भनिन्,‘पहिले देखि उजुरी प्रहरीको दिने बानी परेका स्थानीय अहिले पनि प्रहरीमै उजुरी दिने गरेका छन । पटक पटक न्यायिक समितिमा उजुरी गर्न आग्रह गरिएको भएपनि विश्वास गरेको देखिदैन । ’
उनले गाउँपालिकामा आउने उजुरीको समधान छलफलका माध्यमबाट गरिदै आएको बताइन । उनले सबैभन्दा बढि घरेलुहिंसाका उजुरी पर्ने गरेको बताइन । उनले भनिन्,‘हिंसाका घटना शिक्षित ÷ अशिक्षित दुबै परिवारमा हुने गरेका छन । शिक्षित परिवार छ भन्दैमा हिंसाका घटना हुँदै नहुने र अशिक्षित परिवार छ भन्दैमा बढी हुने होइन । समाजमा हुने यी खालका घटना न्युनीकरणका लागि शुरुवात आफैँबाट हुनुपर्छ । ’
प्रहरी चौकीमा परेका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा रहेका छन । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको प्रहरी प्रहरी चौकी झारज्वलाले जनाएको छ।
प्रहरी सहायक निरीक्षक श्रेष्ठले गाउँ–गाउँकाबीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकाले पनि प्रहरीचौकीसम्म अन्य उजुरी नपर्ने गरको बताए । दुवै पक्षलाइ बसालेर छलफलका माध्यमबाट मिलापत्र हुने गरेको छ । गाउँपालिकामा न्यायिक समिति भएपनि अहिले पनि प्रहरी चौकीमा उजुरी पर्र्ने गरेको पाइएको हो । प्रहरीको विश्वास र न्याय छिटोछरितो रुपमा पाइने भन्दै स्थानीयहरु प्रहरी चौकीमा पुग्ने गरेका हुन ।
उनले भने,‘उजुरी प्रहरी चौकीमा आउने भएपनि छलफल गर्दा न्यायिक समितिलाई राहबरमा राख्ने गरिएको छ । समन्वय र सहकार्य भइरहेको छ । न्यायिक समितिको संयोजक राजनीतिक रुपमा चुनाव जितेर आएकोले सहजै रुपमा न्याय नपाउने भ्रम छ । यसमा न स्थानीयतहले विश्वास दिलाउन सकेको छ । न त स्थानीयले न्यायिक समिति माथि भरोसा नै राख्छन । अधिकांस स्थानीयतहमा उजुरी उपर छलफल गर्नको लागि आफ्नो इजलास बनेको छैन । न्यायिक कर्मचारी नहुँदा उजुरी दर्ता गर्न समेत हुन सकेको छैन ।

Next Post

स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्दै

२५ मंसिर २०७८, शनिबार १८:२९
गोल्डेन बुढा जुम्ला,मसिंर २७। पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमि आएको हो । घरमा सुत्केरी गराउँदा रक्तश्राव धेरै हुने,साल फुक्न नसक्ने लगायतका समस्या आउथे । तर अहिले स्वास्थ्य […]

सम्बन्धित