न्यानो अभियान लिएर जुम्ली सिडिओ गाउँमा,विपन्न नागरिक हर्षित

  ।   २१ माघ २०७७, बुधबार २१:१७

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा हिमपात पुर्व तयारी योजना अनुसार न्यानो कपडा लिएर गाउँगाउँमा पुगेका छन् । उनी अति विपन्न नागरिकलाई न्यानो कपडा र आवश्यक खाद्यन्न लिएर हरेक स्थानीय तहका गाउँमा पुगेका हुन् । चिसो बढ्दै गएपछि महिला, बालबालिका,अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिक धेरै प्रभावित थिए । जसमध्ये विपन्न नागरिकलाई जाडो कटाउन निकै सकस थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी थापाले भने,‘सोही योजना अनुसार गाउँमै पुगेर विपन्न नागरिकको पहिचान गरेर न्यानो कपडा उपलब्ध भयो । यो कार्यले निकै सन्तुष्ट बनाएको छ । ’
जुम्लामा रहेका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी आफै पुगेर न्यानो कपडा दिएका हुन् । जिल्ला भरी गरेर २ सय ६० जना विपन्न नागरिकलाई न्यानो कम्वल र ज्याकेट बाँडिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
स्थानीयतहको सिफारिसमा छनौट भएका विपन्न नागरिकलाई घरदैलोमै पुगेर ज्याकेट र कम्बल वितरण गरिएको थियो । प्रशासन कार्यालयको तथ्यांक अनुसार चन्दननाथ नगरपालिकामा १४ जना,सिंजामा १२,हिमामा २१,तातोपानीमा २०,गुठिचौरमा १८, कनकासुन्दरीमा १८,पातारासीमा २२ र तिला गाउँपालिकामा ८८ छन् ।
तिलामा राहत पाउने ८८ जना मध्ये ७० जना गोठीगाउँका अग्नि पीडित छन । अन्य १८ जना विपन्न नागरिक हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले पुस र माघ महिनामा न्यानो वितरण तथा अग्नि पीडितलाई गरी झण्डै १० लाख ५२ हजार रुपैयाँ बराबरको राहत वाडेको छ ।
जिल्ला भरका विपन्न नागरिकलाई ३ लाख ५१ हजार रुपैया बराबरको कम्वल र ज्याकेट दिइएको थियो । तिला ७ गोठीगाउँका अग्नि पीडितलाई ५ लाख ३० हजार रुपैयाँ बराबरको नगद राहत,१ लाख ५६ हजार बराबरको न्यानो कपडा दिइएको थियो । चन्दननाथ नगरपालिका ३ का आगलागी पिडितलाई १५ हजार नगद राहत गरी जम्मा १० लाख ५२ हजार बराबरको राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी थापा विपद व्यवस्थापन समितिको टोली लिएर गाउँमा पुगेका थिए । टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुख समेतको सहभागिता हुने गरेको थियो ।

Next Post

जुम्लामा प्रचण्ड माधव समुहको मसाल जुलुस

२१ माघ २०७७, बुधबार २१:१७
जुम्लामा प्रचण्ड माधव समुहले मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम र संवैधानिक अंगमा अनैतिक नियुक्तीको विरोधमा जुम्लाको खलंगामा मसाल जुलुस निकालिएको हो । सरकारले संविधानलाई वेवास्ता गर्दै संवैधानिक निकायहरुमा समेत नियुक्ति गरेको भन्दै प्रचण्ड माधब समुहले भोलि देशव्यापी आम हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ । […]