ओली समूहकाे आज नारायणहिटीमा शक्ति प्रदर्शन

  ।   २३ माघ २०७७, शुक्रबार ०८:०८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ ।

यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।

यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।

सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।

काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएको छ । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।

पछिल्लो समय संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि बिहीबार प्रचण्ड-माधव समूहले आम हड्ताल नै गरेको थियो ।

Next Post

‘सर्वसत्तावाद मुर्दावाद’काे नारासहित नागरिक अगुवाको मार्चपास

२३ माघ २०७७, शुक्रबार ०८:०८
काठमाडौँ – बृहत नागरिक आन्दोलनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ। लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन्। मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग […]